जलेश्वर, ११ माघ/रासस

जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड, नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्रावधान लागू गरेको हो ।

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड, नो सर्भिस’ प्रावधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । अहिले जिल्ला प्रशासन, कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमैं खटेका स्वास्थ्यकर्मीले खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् ।

यस अघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमैं खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here