• कुमार रुपाखेती

सर्वसम्मतिको नाममा तानाशाही प्रवृत्तिबाट अध्यक्ष बन्ने ओलीको सपनालाई एकलव्य पारामा भीम रावलले ‘हिस्स बूढी खिस्स दाँत’ बनाएको भर्खरै मात्र हो ।

अहिले जिल्ला–जिल्लामा समेत सर्वसम्मतिको नाममा ओलीवादीहरूले ज्यादति गर्न थालेपछि पार्टीका आन्तरिक पदहरूमा निर्वाचनको माहोल बन्न थालेको छ । ओलीको सर्वसम्मतिको नाटकलाई असफल पार्न जिल्लामा निर्वाचनको प्रजातान्त्रिक माहोल सिर्जना गर्नेहरूलाई ओलीवादीहरूले माधव नेपालको मान्छे भनेर आरोप लगाई मूतको न्यानो खोज्दैछन् । भनिन्छ अध्यक्ष पदमा पराजित भएर पनि भीम रावलको नीतिले जिल्लाहरूमा सफलता हासिल गर्न थालेको छ । जिल्ला अधिवेशनका निर्वाचनबाट ओलीजस्ता थोते बूढा पाखा लाग्ने भएपछि एमालेभित्रका चोर–चोर मौसेरे भाइ बन्न थालेका छन् । त्यसैपनि एमालेलाई गुटैगुटको दल भनिन्छ । अहिले पनि एमालेमा ओलीवादी र गैरओलीवादीबीच सङ्घर्ष जारी छ ।

पर्सा जिल्लाको एमाले अधिवेशन स्थगित भएको सबैलाई थाहा छ । यो जिल्लामा पनि ओलीवादी र ओलीइत्तर समूहको घमासान धडल्लेले जारी छ । पर्सा एमालेको इतिहास पनि बडो उराठलाग्दो छ । कुनै बेला चिरञ्जीवी आचार्यले पर्सा क्षेत्र नं. १ बाट पाँच अङ्क अर्थात् दश हजारभन्दा बढी ल्याउँथे, अचेल यो क्षेत्रमा एमालेको चार अङ्क कटाउन धौधौ परेको देखिन्छ । त्यतिखेरसमेत पर्सा एमालेलाई दाबाचि समूहको नाममा कार्यकर्ताले चिन्दथे ।

दाबाचि अर्थात् दामोदर, बालगोपाल, चिरञ्जीवी । अहिले दामोदर रिजाल यस लोकमा छैनन् भने बालगोपाल र चिरञ्जीवी माधव नेपालको पार्टीमा छन् । संसद् र विधायकमा मात्र होइन, पर्सा एमालेको स्थानीय सरकारमा समेत उपस्थिति न्यून छ । हुट्टिट्याउँले आकाश थाम्ने पारामा अन्य पार्टीबाट स्थानीय निर्वाचनमा विजयी भएका टपोरी प्रवृत्तिका बदनाम र भ्रष्ट अनुहारलाई अहिले पर्सा एमालेले सिन्दुर हालेर भिœयाइरहेको सहजै देख्न सकिन्छ । काम न काज के दुश्मन अनाज के प्रवृत्तिका यस्ता मान्छेहरूले पर्सा एमालेलाई पाँच र चार होइन तीन अङ्कमा झार्ने देखिन्छ । चिची र पापा खानेहरूको भीडले यस्तै परिणाम दिने त हो नि !

अहिले पर्सा एमालेको हविगत त यस्तो खस्ता हालमा छ, जो अन्य पार्टीबाट प्रवेश गरेकाहरूको टेकोमा जेनतेन उभिएको देखिन्छ । पर्सा एमालेमा अहिले जबज बुझ्ने, अध्ययनशील, युवा पुस्तामा लोकप्रिय अरविन्द सिंहजस्ता युवकहरू औंलामा मात्र गन्न सकिने अवस्थामा छ । बिचरा अरविन्द पनि केन्द्रीय महाधिवेशनमा ओली समूहको शिकार हुन जोगिएका थिए ।

अस्ति पर्सा एमालेको बन्द सत्रभित्र र बाहिर एकआपसमा मुक्कामुक्की भएछ । प्रतिपक्षी दलहरूसँग धक्कामुक्की र मुकाबला गर्न असमर्थ एमाले आफ्ना सहयात्रीसँग तँतँ–मम गर्न पर्सामा खप्पिस नै मानिन्छ । त्यसैले त यिनीहरूलाई धेरैले वनका गीदड जाएका किधर
भन्छन् । पर्सा एमाले अहिले ओलीवादी अर्थात् गैरकम्युनिस्टहरूको पञ्जामा परेको देखिन्छ । पर्सा एमालेमा छिरेर कसैलाई व्यापार चम्काउनु छ, कसैलाई दलाली गर्नुछ भने कसैलाई आफ्नो भ्रष्ट र बदनाम चेहरा चम्काउनु छ ।

पर्सा एमाले चम्काउन खोज्नेहरू त अचेल छेउछाउमा मात्र देखिन्छन् । दान दक्ष्Fिणा दिएर, गधालाई गाई बनाएर एमाले छिराउने कामको श्रीगणेश पनि ओलीकै पालादेखि भएको देखिन्छ। पर्सामा एउटा जमात ओलीबा ओलीबा बाहेक केही जान्दैन । ओलीबाको सुगा रटाइ गर्ने यस्तो जमातलाई साइजमा नल्याउन्जेल पर्सा एमाले थोते बूढाहरूको खिया लागेको भुत्ते खुकुरी मात्र साबित हुने निश्चित छ ।

कसैको जूठो खानेलाई पूरा खाएको भनिन्छ । पर्सा एमालेमा त अहिले पूरा खानेहरूको भरमार देखिन्छ । भविष्यमा पर्सा एमालेमा नजाने कति सङ्ख्यामा जूठो र पूरो खाने भित्रिने हुन् दैव नै जानून् १ झ्वाट्ट हेर्दा यस्तो लाग्छ कि पर्सा एमालेको नीति नै अचेल गुमनाम हुनुभन्दा बदनाम हुनु राम्रो देखिन्छ ।

दाने दाने में लिखा है खाने वालेका नामझैं टिकट पाउने लोभमा पर्सा एमालेको लेबुल लगाउनेहरूलाई पनि बधाई छ, अनि पार्टी जाए भाँड में भन्दै आयाराम गयारामहरूलाई संरक्षण दिनेहरूलाई पनि बधाई नै बधाई छ । महमूदको गीत नै छ ‘विना बापका बच्चा हाँ जी, बाप बडा ना भैया सबसे बडा रुपैयाँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here