भारत, हैदराबादस्थित भारत बायोटेकको कोभ्याक्सिन खोप किशोरहरूलाई दिइँदैछ । सो कम्पनीले कोभ्याक्सिनको खोप लगाएपछि कसैलाई पनि पारासिटामोल वा पीडानिवारक औषधि नलिन सल्लाह दिएको छ ।

अन्य खोपसरह कोभिड–१९ को खोपको पनि साइड इफेक्ट हुन सक्छ, जसले गर्दा अधिकांशमा हलुका वा मध्यम असर हुन्छ र केही दिनपछि सामान्य हुन्छ । जबकि धेरैजसोले पीडा निवारक वा पारासिटामोल उपयोग गर्छन् । विशेषज्ञहरू यी औषधिको नियमित उपयोगविरुद्ध छन् र चिकित्सकको सल्लाह नलिइकन औषधि सेवन नगर्न भन्छन् ।

भारत बायोटेकले ट्वीटमा भनेको छ–केही स्वास्थ्य केन्द्रले बच्चाले कोभ्याक्सिनको खोप लिएपछि तीनवटा पारासिटामोल (५०० मिलिग्राम) चक्की सेवन गर्न सिफारिश गर्दैछन् । कोभ्याक्सिनको खोप लगाएपछि कसैले पनि पारासिटामोल वा पेन किलर औषधि सिफारिश गरिएको छैन । भारत बायोटेकले ३० हजार व्यक्तिमा यसको क्लिनिकल परीक्ष्Fणको माध्यमबाट लगभग १०–२० प्रतिशतले साइड इफेक्ट भएको जानकारी गराएका छन् । अधिकांशमा हलुका लक्षण थियो र यो एक–दुई दिनभित्र निको भएको थियो, जबकि उनीहरूलाई औषधिको आवश्यकता नै थिएन । भारत बायोटेक अनुसार केवल एकजना चिकित्सकको परामर्शमा औषधि दिन सिफारिश गरिन्छ ।

कम्पनीका प्रवक्ताले नोभेम्बर २०२१ मा द लैंसेटमा प्रकाशित एउटा अध्ययनलाई उधृत गर्दै भनेको छ– कोभ्याक्सिन सबैले सहज सहन गरेका छन् । जबसम्म खोप लिइसकेका व्यक्तिलाई चिकित्सकले विशेषरूपमा भन्दैन तबसम्म पारासिटामोल आवश्यक पर्दैन । प्रवक्ताले भनेका छन्– वयस्कमा अध्ययन र बच्चा (२–१८ वर्ष)मा परीक्ष्Fणबाट उपलब्ध तथ्याङ्कको आधारलाई मापन गरिएको थियो ।

प्रमुख प्रतिरक्ष्Fाविज्ञानी डा गगनदीप कांगल भन्छन्–यदि कसैले खोप लगाएपछि तुरून्तै एउटा एन्टिइन्फ्लेमेटरी औषधि दिन्छ भने एन्टिबडीको प्रतिक्रिया कम हुन सक्छ । यस्ता अध्ययन पनि छ जसमा खोपपछि तुरून्तै पारासिटामोल वा अन्य कुनै एन्टिइन्फ्लेमेटरी औषधि दिन प्रिसब्सक्राइब्ड गरिएको छ, यसले इम्युन रेस्पोन्सलाई थोरै कम गर्छ ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्का राष्ट्रिय टास्कफोर्स कोभिड–१९ का सदस्य डा सञ्जय पुजारीले भने– खोपको दुष्प्रभाव धेरैपटक हुँदैन बढीजसो हलुका नै हुन्छ । एक दुई दिनभित्र सबै सामान्य हुन्छ । यो थाहा छैन कि पारासिटामोल वा अन्य एन्टिइन्फ्लेमेटरी औषधिले खोपको काम गर्ने तरीकालाई कसरी प्रभावित गर्न सक्छ । यसैले खोप लिएपछि यी औषधिको नियमित उपयोग उचित होइन ।

क्लाउडनाइट अस्पतालका क्षेत्रीय चिकित्सक निर्देशक बालरोग विशेषज्ञ डा उमेश वैद्य भन्छन्–जबसम्म तीव्र ज्वरो आउँदैन, पारासिटामोल नियमित दिनुहुँदैन । बच्चाले वयस्कको तुलनामा खोपलाई राम्ररी सहन सक्छ । सय वर्षभन्दा बढी समयदेखि पारासिटामोलको प्रयोग बच्चाहरूमा भइरहेको छ । यो बाल चिकित्सामा सबैभन्दा सुरक्षित औषधि हो, यसैले खोप लगाएपछि ज्वरो आउने स्थितिमा पारासिटामोल दिंदा कुनै हानि हुँदैन ।

सङ्क्रामक रोग सल्लाहकार डा अमित द्रविडका अनुसार बच्चामा पारासिटामोलको हेपेटोटाक्सिसिटीलाई लिएर चिन्ता हुन सक्छ, यो कलेजोको लागि विषालु औषधि हो । यसप्रति व्यापक निर्भर हुनुहुँदैन । औषधि त्यति बेला मात्रै दिनुृपर्छ जब खोपपछि लक्षण देखिन्छ ।

खोपबाट हुने दुष्प्रभाव एउटा सामान्य सङ्केत हो कि शरीर पूर्णरूपले सुरक्षित छ । यसले कुनैपनि दैनिक गतिविधि गर्ने क्षमतालाई प्रभावित गर्छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनको १६ डिसेम्बर २०२१ को अपडेट अनुसार केही व्यक्तिलाई कुनै साइड इफेक्ट हुँदैन । आम दुष्प्रभाव पीडा, रातो टाटो, सुन्निने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो, बेचैनी हुन्छ । खोप लगाएपछि कसैलाई पीडा, परेशानी भएपछि इबुप्रोफेन, एसिटामिनोफेन, एस्प्रिन (१८ वर्षभन्दा बढी उमेरका व्यक्ति) वा एन्टिहिस्टामाइनजस्ता ओभर द काउन्टर औषधि लिंदा चिकित्सकसँग सल्लाह लिनुपर्छ । साइड इफेक्टबाट जोगिन बच्चालाई खोपभन्दा पहिले औषधि सेवन गर्न पनि सिफारिश गरिंदैन । यद्यपि अन्य कारणले यी औषधि नियमित सेवन गर्नेहरूलाई भने खोप लगाउनुभन्दा अघि सेवन गर्न मिल्छ ।

चीसो हो कि कोरोना सङ्क्रमण, यसरी थाहा पाऔं

जाडोको मौसममा ओमिक्रोन सङ्क्रमण बढेपछि धेरै मानिस रूघाखोकी लाग्नेबित्तिकै कोरोनाबाट सङ्क्रमित त भएनौं भनेर शङ्कित हुन्छन् । कोरोना हो कि चीसो लागेको हो यसबारे अखिल भारतीय आयुर्विज्ञान संस्थानको पैथोलोजी विभागले स्पष्ट पारेको छ ।
१) सुक्खा खोकी+हाछ्युँ अर्थात् वायु प्रदूषणको कारण यस्तो हुन्छ ।

२) खोकी+कफ+हाछ्युँ+नाक बग्नुः यो सामान्य रूघा हो ।
३) खोकी+कफ+हाछ्यूँ+नाक बग्नु+शरीर दुख्नु+कमजोरी+हलुका ज्वरोः यदि यी सबै लक्षण एकैसाथ छ भने तपाईं फ्लुबाट पीडित हुनुहुन्छ ।
४) सुक्खा खोकी+हाछ्युँ+शरीर दुख्ने+कमजोरी+तीव्र ज्वरो+सास फेर्न कठिनाई छ भने तपाईं कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्छ ।

ओमिक्रोनको लक्षणः खोकी, घाँटी खसखस, ज्वरो, थकान, टाउको–शरीर दुख्ने, हाछ्युँ, डायरिया, नाक बग्या छ भने तुरून्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । अक्सिजन सैचुरेशनमा गिरावट (कोठाको हावामा एसपिओ २.९४ प्रतिशतभन्दा बढी हुनुपर्छ । छातीमा लगातार दुखाइ, दबाव महसूस हुन्छ, भ्रम हुन्छ वा प्रतिक्रिया दिन नसक्ने स्थिति । यदि लक्षण ३–४ दिनभन्दा बढी रहन्छ र अवस्था बिग्रिदै जान्छ भने तुरुन्त चिकित्सकलाई देखाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here