जाडोको मौसम छ र रुघाखोकीकोे समस्याले धेरैजना ग्रसित छन् । वात, पित्त र कफ असन्तुलन भएपछि खोकी लाग्छ । खोकी दुई प्रकारको हुन्छ, एउटा कफ भएको र अर्को सुक्खा खोकी । खोकी निकै लाग्न थालेपछि हाडमा पनि समस्या हुन्छ र क्षयरोगको सम्भावना हुन्छ । सुक्खा खोकीको घरेलु उपचार पनि छ ।

नूनपानीबाट कुल्लाः सुक्खा खोकीले घाँटीमा समस्या गर्छ, त्यस कारण मनतातो पानी र नूनले दश मिनेटसम्म कुल्ला गर्नुपर्छ । दिनमा तीनपटक कुल्ला गर्दा खोकी हराउँछ । बेसार–दूधः बेसारमा एन्टिब्याक्टेरियल गुण हुन्छ । सुक्खा खोकीको समस्या हुनेले राति सुत्ने समयमा बेसार मिसाएको तातो दूध सेवन गर्नुपर्छ ।

महः सुक्खा खोकीको उपचार महसेवनबाट पनि गर्न सकिन्छ । ब्याक्टेरियाको कारण खोकी हुने गर्छ र महले ती जम्र्सलाई नष्ट गर्न सक्छ । राति सुत्ने समयमा थोरै मह अवश्य सेवन गर्नुपर्छ। वाफः रुघाखोकी र सुक्खा खोकीमा वाफ लिनुपर्छ । दुई/तीन पटक वाफ लिंदा निकै लाभ हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here