बढी रक्सीसेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ तर रक्सीको लत लागेपछि यसलाई छाड्न सकिंदैन । बढीजसोलाई थाहा छैन रक्सीसँग कस्तो सितन खानुपर्छ । रक्सीको नशामा प्रायः गलत खानेकुरा खान्छौं, जसले गर्दा ठूलठूला रोग निम्तिन्छ ।

१) दुग्ध उत्पादः नशामा धेरैजनाले दुग्ध पदार्थ सेवन गर्छन्, जसले शरीरमा बेफाइदा पु¥याउँछ। रक्सीसँग दूधबाट बनेका पदार्थ सेवनबाट डाइजेस्टिभ एन्जाइम्समाथि नकारात्मक प्रभाव पार्छ । डाइजेस्टिभ एन्जाइम्सले शरीरमा चिनीलाई टुक्रयाउने काम गर्छ र पाचन क्रियालाई खाना पचाउन मदत गर्छ । यसले आन्द्राको पाचन क्रियालाई राम्रो बनाउने काम गर्छ।

२) काजु, बदामबाट हुन्छ हृदयघातः रक्सीसँग काजु, बदाम र ड्राइप्रूmट्स खानाले शरीरमा कोलेस्ट्रोल बढछ, जुन पछि गएर हृदयघातको कारण बन्न सक्छ ।

३) रक्सीमा चीसो पेयपदार्थ मिसाउनुहुन्नः धेरैले रक्सीसँग चीसो कोक, स्प्राइट, सोडा मिसाएर खाने गर्छन् । जसले उनीहरूको स्वास्थ्यमा नराम्रो असर गर्छ । विशेषज्ञका अनुसार यस्तो गर्दा शरीरमा पानीको कमी हुन्छ र डिहाइडे«शन हुन थाल्छ ।

४) रक्सीसँग मीठो खानेकुराः रक्सीसेवन गर्ने क्रममा कहिल्यै मीठो खानेकुरा खानुहुँदैन । मीठो खाएपछि नशा कैयौं गुणा बढ्छ र सोचविचार गर्ने शक्तिमा ¥हास हुन्छ ।

५) तेलीय खानेकुराः रक्सीसँग कहिल्यै तेलीय खानेकुरा खानुहँुदैन । यसबाट ग्याँस, अपच र छातीमा जलन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here