प्रकृतिविज्ञहरूले प्लास्टिकको बोतललाई पुनर्प्रयोग गर्ने तरीका बताउने गर्छन् । प्लास्टिकको प्रयोग धेरै देशमा पनि बन्देज छ तर पनि प्लास्टिकको प्रयोग रोकिएको छैन ।

तर हालै प्लास्टिकको प्रयोग आइसक्रिमको स्वाद बढाउन गरिएको छ । वैज्ञानिकहरूले बेकार प्लास्टिकका बोतलबाट स्वादिष्ट भेनिला आइसक्रिम बनाउन एउटा भिन्दै बाटो खोजेका छन् । उनीहरूले बोतलबाट भैनिलिन निकालेर भेनिला फ्लेवर तयार गरेका छन् । अहिलेसम्म भेनिला एसेन्समा प्रयोग हुने फ्लेवर, ८० प्रतिशत भेनिलिनको केमिकल्स र बाँकी २० प्रतिशत भेनिला बीउबाट बनाइन्छ । अब वैज्ञानिकले प्लास्टिकको बोतलबाट भेनिला एसेन्स तयार गर्ने तरीका खोजेका छन् ।

भेनिला फ्लेवरको प्रयोग खानपान, कस्मेटिक, फर्मा, क्लिनिङ हर्बिसाइड उत्पादनमा हुन्छ । वैज्ञानिकले अब यसलाई सिन्थेटिकरूपमा उत्पन्न गर्दैछन् । प्लास्टिकबाट भेनिलिन तयार गरेर प्लास्टिकको प्रदूषणलाई कम गर्ने तयारीमा उनीहरू छन् ।

युनिभर्सिटी अफ एडिनबर्गका दुईजना शोधकर्ताले प्लास्टिक बोतल बनाउन प्रयोग हुने टेरेफथैलिट एसिडलाई जेनेटिक इन्जिनीयरिड्ढो माध्यमबाट भेनिलिनमा परिणत गरेका छन् । यी दुवै तŒवमा एउटै केमिकल पाइन्छ । यसमा थोरै परिवर्तन गरेर उनीहरूले एक दिन ३७ डिग्री सेल्सियसमा केमिकल राख्दा ७९ प्रतिशत टेरेफथैलिक एसिड भेनिलिनमा परिणत भएको पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here