चितवन, २९ मङ्सिर/रासस

यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले बिहीवारदेखि कागजी सवारी चालक अनुमतिपत्र नवीकरणको काम शुरू गर्ने भएको छ। यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमतिपत्रको नवीकरण प्रक्रिया शुरू गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहीवारबाट काम शुरू गर्न लागेको हो।

कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमतिपत्रको नवीकरणमा केही समस्या भएका कारण ढिला गरी काम शुरू गरिएको हो। कागजी अनुमतिपत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी शुरू गरिएको उनको भनाइ छ। सवारी चालक अनुमतिपत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उनले जानकारी दिए।

दैनिक ३० जना हाराहारीले नवीकरण गर्ने गरेको जनाउँदै उनले हालसम्म यहाँबाट २०० भन्दा बढी नवीकरण फर्म भरेका बताए। चालू आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। सवारी चालक अनुमतिपत्र नवीकरण गर्न हेटौंडा जानुपर्ने बाध्यता भने हटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here