भारतकी हरनाज सन्धुले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । भारतले यो तेस्रोपटक ताज पाएको हो । यसभन्दा पहिले लारा दत्ता र सुस्मिता सेनले उपाधि जितेका थिए ।

सोमवार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धु मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।

मिस युनिभर्समा भाग लिनुभन्दा पहिले उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनीत पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछ।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो । शहनाजको इन्स्टाग्राम पोस्ट अनुसार उनी प्रतिदिन योग गर्छिन् र आफ्नो शरीरलाई लचिलो बनाउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here