फोब्र्सले दुनियाकै सबैभन्दा शक्तिशाली (पावरफुल) महिलाको सूची जारी गरेको छ । यस सूचीमा पहिलो नाम मैकेन्जी स्कटको छ, उनी कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्री होइनन् । स्कट फिलानथ्रोपिस्ट (दान दिएर आवश्यक व्यक्तिलाई सहयोग गर्ने) हुन् । उनी लेखक पनि हुन् ।

साथै स्कट अमेजन फाउन्डर जेफ बेजोसकी पूर्वपत्नी पनि हुन्, यसैले उनी धेरैपटक समाचारमा आइरहन्छिन् । २५ वर्षसम्म बेजोससँगै रहेकी स्कटले सन् २०१९ मा तलाक लिइन् र त्यसपछि अमेजनको २५ प्रतिशत शेयर उनले पाइन् । तलाकपछि पनि उनले आफ्नो सम्पत्तिको ठूलो भाग दान दिने निर्णय गरेकी थिइन् ।

सन् २०२० मा उनले ५.८ बिलियन डलरको उपहार करीब ५ सय एनजिओलाई दान दिएकी थिइन् । त्यसपछि सन् २०२१ मा उनले २८६ गु्रपलाई २.७२ बिलियन डलर दान दिइन् । दान गर्ने बानीका कारण उनी सधैं चर्चामा रहन्छिन् ।

स्कटले दुईवटा उपन्यास प्रकाशित गरेकी छन् । यसको अलावा उनी लेखिका टनी मोरिज्मको विद्यार्थी पनि थिइन् र उनीसँग रिसर्चमा सहायकको रूपमा काम गरेकी थिइन् । स्कटको जन्म सन् १९७० अप्रिल ७ मा सैन पै्रmन्सिस्कोमा भएको थियो । उनले ६ वर्षकै उमेरमा लेख्न शुरू गरेकी थिइन् र बाल्यकालमा नै १४२ पृष्ठको एउटा पुस्तक लेखिन्, जुन बाढीमा नष्ट भयो । त्यसपछि सन् १९८८ मा उनले ग्रेजुएशन गरिन् । सन् १९९२ मा उनले प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरिन् ।

सूचीको दोस्रो स्थानमा अमेरिकी उपराष्ट्रपति कमला हैरिस छिन् । त्यस्तै, सूचीको ३७औं स्थानमा भारतकी वित्तमन्त्री निर्मला सीतारमण छिन् भने नायकाका सिइओ र फाउन्डर फाल्गुनी नøयरको नाम ८८औं नम्बरमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here