• जसपाल सिंह

गुरु तेग बहादुर सिमरिए घर नव निधि आवे धाइ सब थाइ होए सहाए । अर्थात् उहाँको स्मरणले घरमा नवनिधि धाएर आउँछ ।

जिह्वा गुण गोविंद भजो, कर्ण सुनो हरनाम, कहो नानक सुन मेरे मना, परेह ना जम के धाम ।
सुख दुःख जिह परसै नहीं, लोभ मोह अभिमान । कहु नानक सुन रे मना, सो मूरत भगवान् ।।
स्तुति निंदा नाहिं जिहि, कंचन लोह समान । कहु नानक सुन रे मना, मुकत ताहि तैं जानि ।।
हरख–सोग जाके नहीं, बैरी मीत समान । कहु नानक सुन रे मना, मुकत ताहिं तैं जानि ।।
भै का कउ देत नहीं, नहीं भै मानत आनि । कहु नानक सुन रे मना, गिआनी ताहि बखानि ।।
मन माइआ में रमि रहिओ, निकसत नाहिन मीत । नानक मूरति चित्र जिउ, छाडत नाहिन भीत ।।
राम गइओ रावन गइओ, जाको बहु परिवार । कहु नानक थिरू कुछ नहीं, सुपने जिऊँ संसार ।।
चिंता ताकि कीजिए, जो अनहोनी होई । इह मारगु संसार को, नानक थिरू नहिं कोइ ।

बातें करते हैं लोग यहाँ
जीते–मरते रहे लोग यहाँ
निज प्राण दिया परमारथ में
है धर्मवीर कोई और कहाँ
गुरुओं का मान रखा जिसने
इस हिन्द की शान रखी जिसने
निज मोह के छोह को त्याग दिया
स्वाभिमान का ज्ञान दिया जिसने
बालक के मुख पर तेज अपार
दुश्मन भी बैठे थे तैयार
पर गुरु–पिता की सीख थी संग
और तेज बङी उसकी तलवार
समय के साथ बढा बालक
ली विद्या और बना पालक
सहृदय, प्रेम, त्याग बलिदान
थे गुण उसमें ये विद्यमान
तब देश में था बङा अत्याचार
पापी ने मचाई थी हाहाकार
कहता था बदल लो ईमान अगर
जीने का मिलेगा तब अधिकार
इससे बढकर भी थे कई दुःख
थे लोग भी धर्म से बङे विमुख
थी नशाखोरी, दुखी था समाज
गुरु–ज्ञान से राह दिखी सम्मुख
बढने लगा हद से जो दुराचार
सृष्टि में निकट थी प्रलय साकार
चिंतित समाज पहुंचा गुरुधाम
मुख से निकला फिर त्राहि–माम
ज्ञानवान, व्यवहार कुशल
देख कष्ट जनों के वह थे विकल
बलिदान की ठानी उन ऋषि ने
देख अत्याचार हुए विह्वल
बालक उनका भी वीर ही था
देख धर्म दशा वो अधीर भी था
कहा, राष्ट्र को देखो पितृ मेरे
तब आFख में सबके नीर ही था.
विधर्मी को गढ में चुनौती दिया
दिया ‘सीस’ व धर्म की रक्षा किया
जगे लोग तभी, बने वीर सभी
बलिदान के अर्थ को साध लिया
हो रहा है धर्म का आज अनादर
आते हो याद फिर राष्ट्र को सादर
ले पुनर्जन्म आओ पुण्यात्मा
एक बार बनो फिर ‘हिन्द की चादर’

आउनुस् जानौं श्री गुरु तेग बहादुरजी महाराजको १८ अनमोल विचारः–
१. कसैद्वारा प्रगाढताले गरिएको प्रेमले तपाईंलाई शक्ति दिने गर्दछ तथा कसैसित प्रगाढताले गरिएको प्रेमले तपाईंलाई साहस दिने गर्दछ ।
२. ससाना कार्यहरूले महान् कार्य बनेका हुन्छन् ।
३. सफलता कहिले अन्तिम हुँदैन, विफलता कहिले घातक हुँदैन, यिनमा जसले मुख्यता राख्दछ, त्यो हो साहस ।
४. सबै जीवित प्राणीप्रति सम्मान अहिंसा हो ।
५. बहादुरी डरको अनुपस्थितिमा होइन, बरु यो फैसला हो कि डरभन्दा पनि जरुरी केही छ ।
६. जीवन कसैको साहसको अनुपातमा सङ्कुचित वा विस्तृत हुन्छ ।
७. प्रेममा एकपटक फेरि तथा सधैं फेरि एकपटक विश्वास गर्ने साहस राख्नुस् ।
८. आफनो सिरलाई छाडिदेउ, तर उनीहरूलाई नत्याग्नु जसलाई तपाईंले संरक्षण गर्नको लागि आफ्नो जीवन दिनुभएको छ, तर आफ्नो विश्वास नछाड्नुस् ।
९. सज्जन व्यक्ति त्यो हो, जो अनजानमा पनि कसैको भावनालाई ठेस पु¥याउँदैन ।
१०. गलतीहरू सधैं क्षमा गर्न सकिन्छ, यदि तपाईंमा तिनलाई स्वीकार्ने साहस छ भने ।
११. हार तथा जीत यो तपाईंको सोच माथि नै निर्भर छ, मान्ने हो भने तब हार हो, ठान्ने हो भने त जीत नै हो ।
१२. आध्यात्मिक मार्गमा दुई सबैभन्दा कठिन परीक्षण हुन्छ, सही समयको प्रतीक्षा गर्ने धैर्य तथा जो अगाडि आउँछ, त्यसबाट निराश नहुने साहस ।
१३. जसको लागि प्रशंसा तथा विवाद समान छ तथा जसलाई लोभ एवं लगावको कुनै प्रभाव पर्दैन । त्यसमाथि विचार गर्नु केवल प्रबुद्ध हो, जसलाई पीडा तथा खुशीमा प्रवेश हँुदैन । यस प्रकारको एक व्यक्तिलाई बचाउन माथि विचार गर्नुस् ।
१४. यस भौतिक संसारको वास्तविक प्रकृतिको यथार्थ अनूभुति, यसको विनाशकारी, क्षणिक तथा भ्रमपूर्ण पाटाहरूलाई पीडित व्यक्तिमाथी सबैभन्दा असल लाग्दछ ।
१५. हर एक जीवित प्राणीप्रति दया राख, घृणाले विनाश हुन्छ ।
१६. साहस यस्तो स्थानमा पाइन्छ, जहाँ यसको सम्भावना कम छ ।
१७. नानक भन्छन्– जसले आफ्नो अहङ्कारलाई जित्छ तथा सबै वस्तुको एकमात्र द्वारको रूपमा भगवान्लाई देख्दछ, त्यस व्यक्तिले “जीवनमुक्ति”लाई प्राप्त गरेको हुन्छ, यसलाई असली सत्यको रूपमा जानिन्छ ।
१८. डर अन्य अरू कहीं छैन, केवल तपाईंको दिमागमा हुने गर्दछ ।

वास्तवमा त्यागमलजी बाल्यकाल देखि नै विद्वान्, कवि, धार्मिक तथा परम योद्धा थिए । युद्ध कौशलमा पारङ्गत भई केही युद्धमा आफ्नो वीरता देखाइसकेकाले उनको नाम त्यागमलबाट तेग बहादुरजी भयो । श्री गुरु हरिकृष्ण साहेबजी महाराजको नाताले बाबा पर्नुभएकोले नवम् गुरु श्री तेग बहादुरजीलाई नै “बाबा बसे बकाले” भनी इशारा गरिएको थियो । तर उहाँ चाहिं यो सबै कुराबाट अनजान भई एकाग्रता तथा प्रभुको ध्यान गर्दै गाउँको एक कोठामा आफूलाई सीमित गरी आफन्तहरूलाई मलाई ध्यानमा विघ्न नगर्नु भनी बसे ।

मख्खण शाह लुबाणा एक ठूलो व्यापारी थिए । साथै गुरुघरका प्रेमी पनि थिए । पानीजहाजमा समुद्री यात्रा गर्दै विभिन्न ठाउँमा गई व्यापार गर्ने गर्दथे । एक साँझ पानीजहाजबाट व्यापार गरी फर्कने क्रममा अचानक समुद्री तुफानमा उनको जहाज नराम्रोसँग फसेर त्राहित्राहि भई सबै साथी र सेवक आत्तिएर उनको कक्षमा गए, उनी चाहिं सन्ध्या बेलाको पाठ रहिरास साहिब गर्दै शान्त थिए । पाठको समापनपछि जब उनले आँखा खोले सबै आत्तिएर विचलित थिए तर मख्खण शाह लुबाणा शान्त, चित्त भई ‘सत् करतार, सत् करतार’ गर्दै थिए ।

गुरुघरप्रति अटुट विश्वास राख्दै मनमनै प्रार्थना र नवम् गुरुलाई सम्झी केही वाचा गरी अडोल बसिरहे, बिस्तारै–बिस्तारै केही समयपछि तुफान शान्त भयो र बिहानीपख जहाज निर्धारित स्थानमा सुरक्षित पुगी किनारा लाग्यो । सबैले निरङ्कार वाहेगुरुप्रति आगाध श्रद्धाभक्तिले दुवै हात जोडी नमन तथा कृतज्ञता व्यक्त गरे ।

जहाज किनारामा पुगिसकेपछि मख्खण शाहले नवम् गुरुलाई गरेका वाचा सम्झेर उनले जहाज सुरक्षित भए गुरुलाई ५०० सुनको मोहर चढाउँछु भनी मनले वाचा गरेका थिए । केही दिनपछि मख्खण शाह गुरुसाहेबको लागि ५०० सुनको मोहर लिएर दर्शन गर्न गए ।

गाउँमा अनेकौं तथा कथित नक्कली व्यक्तिहरू गुरु बनेर बसेका थिए । उनले सबैलाई दुई मोहरका दरले मोहर चढाएर ढोके, सबैले मोहर पाएर खुशी भए तर कसैले पनि ५०० मोहरको चर्चा गरेनन्, तसर्थ सच्चा गुरु नभेटाएकाले मख्खण शाह दुःखी भए । उनले अरूहरूसँग यहाँ कुनै अरू गुरु छन् भनी सोधे, कसैबाट उनले सुने कि एक महापुरुष हुनुहुन्छ, जो हरसमय प्रभुको गुण गाएर बस्नुहुन्छ र बाहिर पनि कम निस्किनुहुन्छ, यो सुनेर उहाँ नै साँचो गुरु होला भनी मख्खण शाह त्यहाँ पुगे ।

गुरु तेग बहादुर साहेब एउटा कोठामा ध्यान गरिरहनुभएको थियो । गुरुसाहेबलाई पनि उनले दुई मोहर चढाएर दर्शन गरेर फर्कन लाग्दा गुरु साहेबले “मख्खण शाह” भनेर बोलाउनुभयो र भन्नुभयो कि “तिमीले त गुरुघरको लागि ५०० मोहर चढाउँछु भनी वाचा गरेका थियौ त, अन्तर्यामी गुरुसाहेबले उनलाई जहाज डुब्न लागेको समयमा मख्खण शाहले गरेको प्रार्थना र वाचा सम्झाउनुभयो, साथै आफ्नो एउटा काँधको वस्त्र हटाएर काँधमा भएको ताजा घाउ देखाएर भने यो तिम्रो डुब्न लागेको जहाज बचाउने बेलामा काँध दिंदा भएको हो, बल्ल उनलाई असली गुरु उहाँ नै हुन् भन्ने विश्वास भयो ।

मख्खण शाहले गुरुसाहेबलाई ५०० मोहर चढाएर ढोगे । त्यसपछि अत्यन्तै खुशी भएर त्यो कोठाको छतमा गएर जोडजोडसँग चिच्याउन थाले “गुरु लाधो रे गुरु लाधो” अर्थात् सही गुरु भेटिए । त्यसपछि सबै नक्कली गुरु त्यहाँबाट भागे । यसपछि गुरु तेग बहादुरजीलाई नै सबैले गुरु मान्न थाले ।

यता अब्दुल मुजफ्फर मोइउद्दीन मोहम्मद औरङ्गजेब आलमगीर आफ्नो धर्मनीति अनुसार अगाडि बढ्दै थिए अर्थात् अन्य धर्मको सफाया औरङ्गजेबको धर्मनीति प्रतिदिन सवा मन जनैपछि भोजन गर्ने अठोटले चारैतिर हाहाकार त्राहिमाम त्राहिमाम मच्चिएको थियो ।

कश्मीरी पण्डितहरूलाई पनि औरङ्गजेबले दुःख दिन थालेपछि कश्मीरी पण्डितहरू विभिन्न मठमन्दिरमा गएर ज्यान जोगाउन सरसल्लाह गर्न थाले । अन्त्यमा कश्मीरी पण्डितहरू अमरनाथजीको मन्दिरमा गएर “होमबरनी” मन्त्रको जाप गर्न थाले हे– शिवजी १ हाम्रो धर्मको रक्षा गर्नुस् । कश्मीरी पण्डितहरूको मन्त्र, जाप उपरान्त कृपादेवको सुझाव “धर्म रक्षा” एक महापुरुष श्री गुरु तेग बहादुरजीले बाहेक कसैले गर्न सक्दैनन् ।

श्री गुरु तेग बहादुरजी विभिन्न स्थानहरूमा प्रचार गर्दै आनन्दपुर साहेब पञ्जाबको महलमा सवारी भए । बालक गोविन्दरायजी (श्री गुरु गोविन्द सिंहजी) पनि पटना साहेबबाट विभिन्न मार्ग हुँदै सङ्गतहरूलाई दर्शन दिंदै आनन्दपुर साहेब पुग्नुभयो ।

श्री गुरुनानक देवजी महाराजको पन्थ उद्देश्यलाई अघि सार्दै श्री गुरु तेग बहादुरजी महाराज विभिन्न ठाउँमा प्रचार गरी आनन्दपुर साहेबको महलमा आइपुगे । पीडित र दुःखित भएका जनता खासगरी कश्मीरी पण्डितहरूको व्याकुल जत्था गुरुसाहेबको दर्शन र आफ्नो पीडा तथा धर्म रक्षाको लागि गुहार माग्दै महलमा आए । “हाम्रो धर्मको रक्षा गर्नुस्, हाम्रो वंशविनाश हुनबाट हामीलाई बचाउनुस् ।

औरङ्गजेब र तिनका सेनाले हामीलाई गाजर, मूला जस्तै काट्दै छन् । हाम्रो तिलक र जनैको रक्षा गर्नुप¥यो प्रभु,” यो सुनेर जीवित भई “यो त पराकाष्ठा नै हो अब धर्म रक्षाको लागि कुनै महापुरुषले अगाडि बढेर आफ्नो बलिदान गर्नुपर्ने भयो” भनी हुकुम भयो । गुरुसाहेबको वचन सुनेर कश्मीरी पण्डितहरूले भने– “यस युगमा हजुरभन्दा ठूलो महापुरुषको को हुन सक्छ र प्रभु? हामीलाई र धर्मलाई बचाउनुप¥यो ।” गुरुसाहेबले भन्नुभयो, “म त निरङ्कारको एउटा प्रचारक मात्रै हुँ मैले कसरी तपाईंहरूलाई बचाउने ?”

सबै कश्मीरी पण्डितले हजुरले नै हामीहरूलाई बचाउनुहुन्छ र बचाउनुपर्छ भन्ने हामीलाई ज्ञात छ भनेर पुनः हार्दिक बिन्ती गरे । गुरुसाहेब एकछिन सोच्न थाले र मलाई केही समय दिनुस् म सोचेर केही उपाय गर्छु भनी हुकुम भयो ।

कश्मीरी पण्डितहरूलाई बिदा गरेपछि श्री गुरु तेग बहादुरजी महाराज गहनताका साथ सोचमा डुबेको बेला बालक गोविन्दरायजी (गुरु श्री गुरु गोविन्द सिंहजी महाराज) खेल्दै पिताजीको नजीक आइपुगे, पिताजीलाई अत्यन्त गम्भीरपूर्ण मुद्रामा देखेर प्रश्न गरे, “आज हजुरलाई धेरै गहिरो सोच र चिन्तामा देख्छु किन होला ?” केही क्षणपछि गुरुसाहेबले देशमा भइरहेको धर्मप्रतिको अत्याचार, जनता तथा कश्मीरी पण्डितहरूको दर्दनाक याचनाबारे जानकारी दिए । यो कुरा सुनेर नौ वर्षीय बालक गोविन्दरायजीले भने, “ठीकै त हो नि ! आजको युगमा तपाईंभन्दा ठूलो महापुरुष को हुन सक्छ र ? यस बलिदानको लागि तपाईं तयार हुनुहोस् ।” गुरुसाहेब आश्चर्यचकित भई भने, “तर मपछि श्री गुरुनानकदेवजी महाराजको पन्थ र उद्देश्यलाई कसले अघि बढाउँछ त ?” बालक गोविन्दरायजीले सम्झाए, “पिताजी यो त बग्दो पानी हो, बहाव हो, अब यसलाई कसैले रोक्न सक्दैन ।”

यो सुनेर गुरुसाहेबले भने, “तपाईंहरू त टुहुरो हुनुहुनेछ ।” बालक गोविन्दरायजीले भने, “गुरु पिताजी हजारौं तिलक र जनैधारी टुहुरो हुनुभन्दा हामी टुहुरो हुनु ठीक, हजुरलाई परमात्माले यसै उद्देश्य हेतु पठाएका छन्, अगाडि बढ्नुहोस् ।” नौ वर्षीय आफ्नो सुपुत्रको कुरा सुनेर प्रसन्न भई आत्मविश्वासले भरिए ।

उनलाई लाग्यो यही अकाल पुरखको मर्जी हो । यसरी बालक गोविन्दरायजीले आफ्नो पिता गुरु श्री तेग बहादुरजीलाई देश र धर्म रक्षाको लागि प्रेरित गरे ।

दोस्रो दिन कश्मीरी पण्डितहरूलाई बोलाउन लगाएर हुकुम भयो, “औरङ्गजेबलाई खबर पठाइदिनु कि हाम्रा गुरु श्री तेग बहादुरजीले तिम्रो इस्लाम स्वीकार गर्नुभयो भने हामी सबै आफ्नो धर्म त्याग गरी तिम्रो शरणमा पुग्नेछौं ।” खबर सुनेर अहङ्कारले मात्तिएको औरङ्गजेब गदगद भई भने, “यो त मेरोलागि धेरै सहज कार्य हो । हजारौंलाई बनाउनुको सट्टा एकजनालाई बनाउनु एकदम राम्रो हुन्छ ।” श्री गुरु तेग बहादुरजी महाराजले आफू देश तथा हिन्दू धर्म रक्षाको लागि अगाडि हुने निर्णय सबैमा हुकुम भयो । त्यसपछि गुरुसाहेब आफ्ना पाँच सहयोगी भाइ सतीदासजी, भाइ मतीदासजी, भाइ दयालदासजी, भाइ गुरदित्ताजी तथा भाइ उदाजीसित दिल्लीको लागि प्रस्थान गरे ।

श्री गुरु तेग बहादुरजी महाराज तथा शिष्य साहेबानहरूलाई दिल्ली पुग्नासाथ नजरबन्दमा राखियो । त्यसपछि औरङ्गजेब तथा सहयोगीहरूले गुरुसाहेबहरूलाई नानाथरी धन, जागीरहरू, सुन, हीरा, जवाहरात, मणिक तथा दर्जनौं घोडा, हात्ती आदि पदार्थहरू दिने वाचा गर्छन्, तापनि गुरुसाहेबहरू आफ्नो धर्म छोडेर इस्लाम कबुल गर्न मान्दैनन् । धेरै लोभ र लालच देखाएर पनि केही उपाय नलागेको देखेर औरङ्गजेबले डर र त्रासको बाटो अपनाउन खोजे । त्यसपछि एक/एक लाई कठिन क्रूर यातना, पीडा दिन थाल्छन् ।

सबैभन्दा पहिले भाइ मतिदासजीलाई मार्ने हुकुम गरियो । उहाँमा अन्तिमपटकसम्म आफ्नो धर्म नबदलिने मजबूत अठोट थियो । काजीहरूको फतवा पाएपछि उहाँ गुरुजीको आशीर्वाद लिन गए र शहादत दिन तयार भए । उहाँलाई करौतीले (आरा) दुई भागमा काट्ने बेलामा सोधियो कि अन्तिम इच्छा के छ भनेर उनले भने, “मेरो अन्तिम इच्छा यो छ कि मलाई काट्दाखेरी मेरो मुख गुरुजीतर्फ फर्केको होस् किनभने अन्तिम साससम्म गुरुजीलाई हेर्न पाउँ र उहाँले पनि मलाई आफ्नो गन्तव्य खुशीखुशी पुगेको हेर्न पाउनुहुनेछ ।” यो भनेपछि भाइ मतिदासजीलाई चाँदनी चोक, दिल्ली (भारत)मा खुलेआम शहीद बनाइयो ।

उहाँलाई दिएको डरलाग्दो यातना हेरेर पनि बाँकी गुरु प्रियहरू धर्म परिवर्तन गर्न मानेनन् । त्यसैले भाइ दयाल दासजीलाई मृत्युको हुकुम सुनाइयो । उहाँलाई तातो उम्लिरहेको पानीको ठूलो कसौडीमा राखी तड्पाएर शहादत दिइने प्रयास गरियो । तर उहाँ शहीद नभएपछि, भोलिपल्ट उहाँलाई कपासले बेरेर जलाउने फतवा गरी शहीद बनाइयो ।

यसरी एक/एक गरी सबैलाई यातना तथा पीडा दिएर धर्म परिवर्तन गराइन्थ्यो नत्रभने मृत्युको सजाय सुनाइन्थियो । गुरुजीलाई फेरि सोधियो, लोभ देखाइयो तर पनि गुरुजी आफ्नो कुरामा अटल रहिरहे ।

“संग सखा सब तजि गए कोऊ न निबहिओ साथ । कहु नानक इस विपत मै टेक एक रघुनाथ।।”
श्री गुरु तेगबहादुरजी महाराजले सेवक साहेबानहरूको बलिदान देखेर यो श्लोक उच्चारण गर्नुभयो। दुईजना सेवक साहेबानलाई आफ्नो (गुरुजीको) परिवारलाई धैर्य राख्न, अटुट र अडोल बस्न सन्देश साथ पाँच पैसा र एक नरिवल दिएर गुरु गद्दी आफ्नो सुपुत्र श्री गोविन्दरायजीलाई सुम्पिने हुकुम भयो । तेस्रो शिष्य साहेबानलाई पनि धर्म परिवर्तन गर्न नमानेपछि बर्बरतापूर्ण तरीकाले चर्खामा राखेर शहीद बनाइयो । त्यसपछि गुरुसाहेबलाई चारैतिर फलामको चुच्चो भएको भएको पिंजडामा कैद गरी औरङ्गजेबको तर्फबाट उसको मौलाना तथा सल्लाहकारले तीनवटा शर्त भने ।

१. इस्लाम कबुल गर्ने २. करामात देखाउने जस कारणले तपाईं गुरु भनाउनु हुन्छ ३. हैनभने शहीद हुन तयार हुनु । गुरुजीले भने मलाई तेस्रो शर्त अर्थात् शहीद हुन कबुल छ, करामात कहरको नामको जो हामी गर्न चाहँदैनौं । त्यसपछि औरङ्गजेबले आफ्नो जल्लाद जलालुद्दीनलाई गुरुसाहेबलाई शहीद गर्न आदेश दिए ।

गुरुजीलाई पिंजडाबाट बाहिर निकालियो, गुरुजीले सँगैको कुवाको पानीले स्नान गरेपछि जपुजी साहेबको पाठ गरे, १३ माघ संवत् १७३२ विक्रमीमा चाँदनी चोकमा (दिल्ली, भारत) सूर्यास्तको समयमा तरबारले घाँटीमा वार गरेर शहीद बनाइयो । घटना लगत्तै अचानक मौसमले कोल्टे फे¥यो, भयङ्कर आँधी उठ्न थाल्यो, अन्धकार भयो । एकछिन त प्रलय नै आयो । ठीक त्यही समयमा बिजुली चम्केझैं एक व्यक्ति गुरुजीको काटिएको शिरलाई एउटा वस्त्रमा बेरेर भीडमा बेपत्ता भयो । उनी भाइ जैताजी थिए । गुरुघरका एक प्रेमी । केही पर उनको घोडा एउटा रूखमा बाँधेर राखिएको थियोे । उनले गुरुजीको शिरलाई घोडामा लिएर अँध्यारोमा रातदिन लगाएर आनन्दपुर साहेब लगेर बालक गोविन्दरायजीलाई गुरु सीसको दर्शन गराएर गुरु पिताले हिन्दू धर्मको रक्षाको लागि सीसको बलिदान दिए भनेर बिन्ती गरे ।

यता चाँदनी चोकमा बैलगाडीहरूको भीड लिएर लक्खी शाह बन्जारा र उनका पुत्र नगाहिया जो कि शाही ठेकेदार थियो र महलमा रासन आपूर्ति गर्दथियो, उसले भीडलाई पन्छाउँदै गुरुसाहेबको शरीरलाई बैलगाडीमा राखेर त्यहाँबाट आफ्नो घरतर्फ लगेर कपासहरूले छोपेर घरभित्र राखेर प्रार्थना गरी घरमैं आगो लगाएर घरसमेत अग्नि संस्कार ग¥यो, मेरो घरमा आगो लाग्यो भनी सबैलाई भन्यो । लक्खी शाह बन्जारा पनि गुरुघरका प्रेमी थिए । शाही फतवा थियो कि गुरुजीको शरीरलाई कसैले छोयो वा अन्तिम संस्कार ग¥यो भनी उसको वंशनाश गरिनेछ ।

यस प्रकार नवम् गुरु श्री गुरु तेग बहादुरजी महाराजले हिन्दू धर्मको रक्षाको लागि आफ्नो सीसको बलिदान दिए । उहाँको त्याग र बलिदान अतुलनीय छ । उहाँलाई “हिन्दको चादर” भनिन्छ । उहाँले सीसको बलिदान दिएको स्थान चाँदनी चोक (दिल्ली, भारत) गुरुद्वारा श्री सीसगंज साहेब शोभायमान छ । हर आउने जाने व्यक्तिले उहाँलाई श्रद्धाले नमन गर्ने गर्दछन् । हजारौंको सङ्ख्यामा श्रद्धालु टाउको टेकेर लङ्गर प्रसाद ग्रहण गर्ने गर्दछन् ।

यसैगरी, जहाँ उनको शरीरको संस्कार गरिएको थियो, त्यहाँ गुरुद्वारा श्री रकाबगंज साहेब शोभायमान छ तथा उनको सीसको संस्कार आनन्दपुर साहेबमा भएको थियो, त्यहाँ पनि ऐतिहासिक अर्को सीसगंज गुरुद्वारा साहेब शोभायमान छ । गुरुसाहेब योद्धा, कवि, महावीर, परमवीर, करुणा तथा दयाका सागर थिए । उहाँले ११८ शब्द श्लोकको रचना गर्नुभएको छ । उहाँको शहीदी दिवसमा विश्वभरिका गुरुद्वारा साहेबहरूमा श्री अखण्ड पाठ, सहज पाठ, साहेब गरिन्छ साथै सबै स्थानमा गुरूजीको अटुट लङ्गर वितरण गरिन्छ । उहाँको उच्च शहादतलाई हार्दिक श्रद्धाञ्जलि । यसपालि यो मङ्सिर २२ गते बुधवार, ८ दिसम्बर २०२१, विवाहपञ्चमीको दिन परेको छ ।

गुरु तेग बहादुरजीको शहादतलाई कोटिकोटि प्रणाम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here