म्यान्मालाई गोल्डेन ल्यान्ड अर्थात् स्वर्णभूमि पनि भनिन्छ । यहाँको याङ्गुन र मन्डालय शहरमा चारैतिर सुनको परत चढाइएको स्तूप र पगोडा देख्न सकिन्छ । यस शहरको चारैतिर सुनौलो दृश्य देखिन्छ । यहाँ स्वर्ण मन्दिरको पनि कमी छैन । हामी सुनलाई आभूषणको रूपमा लगाउँछौं तर यहाँका बासिन्दाले सुनलाई खानपानको साथ औषधिको रूपमा पनि प्रयोग गर्छन्।

मान्डले बिजनेस फोरमको रिपोर्ट अनुसार मान्डले वरपरको पहाडमा सात सयभन्दा बढी सुनका मन्दिर छन् । त्यस्तै, बगान शहरको वरपर दुई सयभन्दा बढी मन्दिर र पगोडाको खण्डहर देख्न सकिन्छ । पगान साम्राज्यको युगमा ११ देखि १३औं सदीको बीच यहाँ दश हजारभन्दा बढी मन्दिर थिए । मुख्यतः बौद्ध धर्म मान्ने यस देशमा सुनलाई निकै पवित्र मानिन्छ ।

यहाँ परम्परागत तरीकाबाट २४ क्यारेट शुद्ध सुन तयार गरिन्छ । रिपोट्र्सका अनुसार बाँसको पातको बीच सुनलाई राखेर सयकडौं परत तयार गरिन्छ । त्यसपछि यसलाई सही आकार दिन हतौडाले करीब ६ घण्टासम्म पिटिन्छ । त्यसपछि सुनलाई एक/एक इन्च पातलो टुक्रामा काटिन्छ र यस प्रकार तयार गरिएको सुनको पात मन्दिरमा चढाइन्छ । यहाँ सुनलाई रक्सीमा पनि मिसाइन्छ । स्थानीय स्तरमा तयार रक्सीलाई ह्वाइट ह्वीस्की भनिन्छ । यस रक्सीको बोतलमा सुनको पत्तर राखेर हल्लाइन्छ र गिलासमा राखेर सेवन गरिन्छ । यहाँ परम्परागत औषधिमा पनि सुनको प्रयोग गरिन्छ ।

सुनको प्रयोग यहाँ खानपानमा पनि गरिन्छ । विवाह वा अन्य समारोहमा बनाइने भात, दाल र तरकारीमा स्वर्ण पत्तरका टुक्रा राखिन्छ । यहाँका महिलाले सुनबाट शृङ्गार गर्छन् । उनीहरू सुनबाट बनेको फेसपैक प्रयोग गर्छन् । केरा र सुनबाट तयार गरिएको फेसमास्कबाट महिलाहरू आफ्नो अनुहार निर्खाछन् । उनीहरूको भनाइ छ, सुन छालाभित्र पसेर भित्रबाट निखार ल्याउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here