एसिडिटी वा ग्याँस बन्नु यस्तो समस्या हो, जसको कारण धेरैजसो व्यक्ति पीडित छन् । सबै व्यक्तिको शरीरमा एसिडिटीको आफ्नै कारण हुन्छ र यसको रूप पनि अलग हुन्छ । एसिडिटीको रूपको अर्थ तपाईंलाई एसिडिटी कहिले हुन्छ । कसैलाई बिहान खाली पेटमा एसिडिटी हुन्छ भने कसैलाई खाना खाएपछि एसिडिटी हुन्छ तथा कसैलाई राति सुत्ने बेलामा एसिडिटी हुने गर्छ । एसिडिटीका यी तीनवटै रूपको भिन्दाभिन्दै कारण छन् ।

भारत, दिल्लीका फोर्टिस एस्कोट्र्स हार्ट इन्स्टिच्युटका गैस्ट्रोएन्टरोलोजी र हेपेटोबिलरी साइन्सका निर्देशक डा पङ्कज पुरीले खाली पेट एसिडिटी बन्नुको कारण र सो निदानबारे बताएका छन् । उनी भन्छन्, एसिडिटी वा एसिड रिफ्लक्स एउटा सामान्य स्थिति हो, जसमा तपाईंको छातीको मध्य क्षेत्रको वरपर जलन महसूस हुन्छ । यो पेटको एसिड भोजन नलीमा प्रवाहित भएपछि हुन्छ । हामीले भोजन गर्दा त्यो अन्नप्रणालीको माध्यमबाट पेटमा पुग्छ ।

पेटमा गैस्ट्रिक ग्रन्थीले एसिड बनाउँछ, जुन भोजन पचाउन र कुनै पनि कीटाणुलाई मार्न जरुरी हुन्छ । जब यो एसिड रिफ्लक्स भोजन नलीमा फर्किन्छ, तब हाम्रो भोजन नलीको परतलाई सम्भावितरूपले दुःख दिन वा क्षतिग्रस्त गर्न सक्छ, जसले गर्दा हाम्रो छातीको वरपर एसिडिटी महसूस हुन्छ । यस्तै हामी खाली पेट ग्याँस बन्दा महसूस गर्छौं । जस्तै कि जलन वा बेचैनी र बान्ता हुनु । यी सबै खाली पेट ग्याँस बन्ने लक्षणको रूपमा हामीले हेर्न सक्छौं ।

१) फास्टिङबाटः धेरैजनाले एसिडिटीको सामना गरेका छन् तर यो मुख्यरूपले बढी खाना खाएपछि हुन्छ । केही मामिलामा यो तब हुन सक्छ, जब तपाईं नियमित अन्तरालमा भोजन गर्नुहुँदैन अथवा उपवास बस्नुभएको छ । वजन कम गर्न, धार्मिक कारणले उपवास बस्दा वा पटक–पटक भोजन नगर्ने बानीले एसिडिटी हुन सक्छ । जब हामी खाना खान चाहँदैनौं, त्यति बेला पनि हाम्रो शरीरले पेटमा पाचक रस वा पेटको एसिड उत्पादन गरिरहन्छ । यसले गर्दा पेटमा एसिड जम्मा हुन थाल्छ तर यो पाचन प्रक्रियामा सामान्यरूपले उपयोग हुन सक्दैन । यस्तोमा पेटबाट एसिड तपाईंको एसोपैmगसमा जान थाल्छ, जसले गर्दा छाती र घाँटी दुख्ने, जलन र बेचैनी हुन थाल्छ ।

२) खराब खानेकुराः खराब खानेकुराको कारण पनि एसिडिटी हुन्छ । यदि तपाईंले बिहान केही गलत खानपान सेवन गर्नुभएको छ भने ग्याँसको समस्या हुन्छ । जस्तै केही व्यक्तिलाई बिहान खाली पेट चिया पिउँदा ग्याँसको समस्या हुन्छ । कसैलाई कागती पानी वा अमिलो रसको कारण ग्याँसको समस्या हुन्छ । यस प्रकार खाली पेट मैदा, सुजी र बेसन खाएपछि पनि एसिडिटीको समस्या हुन सक्छ । तसर्थ खानपानबारे ध्यानमा राख्नुपर्छ ।

३) कब्जः राति यस्तो वस्तु खायौं, जसले गर्दा पेटमा कब्ज बन्यो र बिहान उठ्दा पेट खाली भयो । यस्तो अवस्थाले निकै समस्या गर्छ । किनभने यसबाट तपाईंको पेट भरेको महसूस हुन्छ । जसले गर्दा बेचैनी हुने र बान्ता पनि हुन सक्छ ।

४) पित्ताशयको पत्थरीः गल ब्लाडरमा पत्थरी (पित्ताशयको पत्थरी)को समस्या भएपछि खाली पेट ग्याँस बन्न सक्छ । यो रोग लामो समयसम्म अस्वस्थ चिल्लो वस्तुको सेवन र खराब दिनचर्याको कारणले हुन्छ । यसमा पेट अचानक दुख्छ । पित्ताशयको पत्थरीको लक्षणको रूपमा खाली पेट ग्याँस बन्नु, अपच, मन बेचैन हुनु, अमिलो डकार हुनेजस्ता समस्या हुन्छ ।

५) गेस्ट्राइटिस र पेप्टिक अल्सरको कारणः गेस्ट्राइटिस र पेप्टिक अल्सरको कारण पनि पेटमा आवश्यकताभन्दा बढी एसिड उत्पादन हुन्छ । यसबाट पेटको लाइनिङ एसिडिक हुन्छ र यसबाट मानिसलाई खाली पेट एसिडिटीको समस्या हुन्छ । गेस्ट्राइटिस र पेप्टिक अल्सरको उपचार हामी आफैंले गर्न सक्दैनौं र चिकित्सकको मदत लिनुपर्छ ।

६) चिन्ताः चिन्ता र तनावका कारण पनि खाली पेट ग्याँसको समस्या हुन्छ । किनभने चिन्ता र तनावले हाम्रो पाचन प्रक्रियामा असर पार्छ । बढी चिन्ता भएपछि खाना पच्दैन र पेटमा बढी मात्रामा एसिड उत्पादन हुन थाल्छ, जसले गर्दा खाली पेट ग्याँसको समस्या हुन्छ ।

७) गर्भवतीको कारणः गर्भवती महिलाहरूलाई खाली पेट ग्याँसको समस्या हुन्छ । यतिबेला पाचन क्रिया कमजोर हुन्छ र पेटमा विभिन्न प्रकारका समस्या हुन थाल्छ । गर्भवती महिलाले जे पनि खान्छन्, त्यसलाई पचाउन पाचन प्रक्रियाले निकै मेहनत गर्नुपर्छ । यसैले गर्भवती महिलाहरूलाई बिहान पेटमा ग्याँस बन्ने, बेचैनी र बान्ता आदि समस्या हुन्छ ।

खाली पेटमा ग्याँस भएपछि के गर्ने ? खाली पेट ग्याँस बन्ने क्रियालाई बेवास्ता गर्नुहुँदैन । त्यति बेला कम खाने तर पटक–पटक खाने गर्नुपर्छ । भरेको पेटले तल्लो एसोफेजियल स्फिंक्टर (एलइएस)मा दबाव दिन्छ । यो एउटा भल्भजस्तो मांसपेशी हो, जुन पेटको एसिडलाई एसोपैmगसमा फिर्ता गर्नबाट रोक्छ । यसैले यसबाट जोगिन कम खाने तर पटक–पटक खानुपर्छ ।

भोजनपछि सीधा बस्नेः खाना खाएपछि सुत्दा एलइएसमाथि दबाब बढ्छ, जसले गर्दा ग्याँस बन्न सक्छ । तसर्थ खाना खाएपछि सीधा बस्नुपर्छ । अबेर राति भोजन गर्नुहुँदैन, यसले पनि ग्याँसको समस्या उत्पन्न गर्छ । त्यस्तै, सुत्ने ओछ्यानको टाउकोपट्टिको भाग अग्लो राख्नुपर्छ। यसबाट एलइएसमाथि दबाब कम हुन्छ र बिहान ग्याँसको समस्या हुँदैन ।

कार्बोनेटेड पेय पदार्थ सेवन गर्नुहुँदैन । यसले अमिलो डकार बनाउँछ र एसिडलाई पनि बढाउँछ। साथै यस्ता भोजनबारे जानकारी राखौं, जसले ग्याँसलाई जन्माउँछ । जस्तै वसायुक्त भोजन, मसलायुक्त भोजन, गोलभेंडा, लसुन, दूध, कफी, चिया, कोकाकोला, पुदिना र चकलेट आदि ।

यसको अलावा भोजनपछि सुगर फ्री चिविङगम चपाउन सकिन्छ । आफ्नो औषधिको जाँच गर्नुस् । चिकित्सक वा फर्मासिस्टसँग सल्लाह लिनुस् । कुनै औषधिले एसिड रिफ्लक्सलाई खराब गर्न सक्छ वा अन्न प्रणालीलाई उत्तेजित पनि गर्न सक्छ । यसको अलावा स्वस्थ जीवनशैली अपनाएपछि पेटमा एसिडलाई कम अथवा बेअसर गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here