खाना खाने बेलामा एउटा नलीद्वारा खाना मुखको बाटो हुँदै पेटसम्म पुग्छ। त्यस नलीलाई इसोफेगस भनिन्छ। इसोफेगसको अर्को नाम फूड पाइप पनि हो। यो नली घाँटी र पेटको बीचमा एक प्रकारको पुलसरह काम गर्छ। जसबाट खाना पहिले सानो आन्द्रा र त्यसपछि ठूलो आन्द्रा हुँदै मिर्गौलासम्म पुग्छ। यो निकै जटिल प्रक्रिया हो। खाएको खाना पचेर शरीरलाई आवश्यक पोषक तत्व दिने र काम नलाग्ने वस्तुलाई शरीरबाट बाहिर निकाल्ने एउटा लामो प्रक्रिया हुन्छ। त्यस्तै, एसिड रिफ्लक्स त्यस अवस्थालाई भनिन्छ, जब खानाबाट बन्ने एसिड आन्द्राको तल्लो भागमा जानुको सट्टा उल्टै इसोफेगसतर्फ फर्किन्छ। जब खाना सही ढङ्गले पच्दैन र शरीरमा एसिड बनाउँछ, यो एसिड पुनः इसोफेगसतर्फ जान थाल्छ।

यद्यपि ग्याँस, अपच, एसिडिटी, एसिड रिफ्लक्सको समस्या पाचनतन्त्रमा हुने कुनै पनि गडबडीका कारण हुन सक्छ। बढी तेल–मसला भएको खाना, गरिष्ठ खाना र भोकभन्दा बढी खाना खाएपछि एसिडिटी वा अपच हुन्छ तर केही लक्षणहरू यस्ता हुन्छन्, जुन प्रोलोग एसिड रिफ्लक्सतर्फ इशारा गर्छ।

पेटमा जलनः खाना खाएपछि पेटमा जलन महसूस हुन्छ भने यसले खाना नपचेको र यसको कारण एसिड रिफ्लक्स हुन सक्छ।

छातीमा जलनः यदि खाना खाएपछि छातीमा जलन महसूस हुन्छ भने यसलाई बेवास्ता गर्नुहुँदैन। तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

अमिलो डकारः खाना खाएपछि अथवा केही घण्टापछि मुखबाट अमिलो डकार आइरहेको छ भने वा सासमा एसिडिक महसूस हुन्छ तथा यो लामो समयसम्म भइरहेको छ भने यो एसिड रिफ्लक्सको सङ्केत हुन सक्छ।

मुखबाट दुर्गन्धः लामो समयसम्म एसिड रिफ्लक्सको स्थिति बनिरहन्छ भने त्यसको असर सासमा देखिन्छ। मुखमा सधैं एक प्रकारको एसिडिक किसिमको गन्ध आइरहन्छ। दिनमा दुईपटक ब्रश गर्दा पनि मुखबाट दुर्गन्ध आइरहन्छ भने यसको कारण पाचन प्रक्रिया गडबडी नै हो।

खाना निल्न कठिनाइः यदि खाना निल्न कठिनाइ भइरहेको छ भने यो एसिड रिफ्लक्सको प्रारम्भिक लक्षण हुन सक्छ।

घाँटीमा गाँठो बन्नुः लामो समयसम्म एसिड रिफ्लक्सको स्थिति बनिरह्यो भने घाँटीमा गाँठो हुन सक्छ।

छाती सङ्क्रमितः एसिड इसोफेगसतर्फ फर्किंदा पटक–पटक छाती सङ्क्रमित हुन सक्छ। यसैले यस सङ्केतप्रति लापरवाही गर्नुहुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here