प्रमोद यादव, पंचगावाँ, ९ मङ्सिर/

अगहनी धान खरीदका लागि व्यापारीहरू किसानहरूको खेतमैं पुग्न थालेका छन् । यसअघि सडक सञ्जालको राम्रो व्यवस्था नहुँदा धान कटानी भएर भिœयाएपछि व्यापारीहरू किसानहरूको घर–घरमा पुगेर धान खरीद गर्थे तर यसपटक भने सडक सञ्जालको विस्तार भएकाले व्यापारीहरू किसानको खेतमैं पुगेर धान खरीद गरिरहेका छन् ।

अगहनी धानमा सोना मन्सुली ८० प्रतिशतभन्दा बढी उत्पादन भएको छ भने बाँकी अन्य धानहरू कतर्नी, बासमती उत्पादन भएको किसानहरूले बताएका छन् । सोना मन्सुली अहिले खेतमैं व्यापारीहरूले रु २३ सयदेखि २३ सय ५० प्रतिक्विन्टलमा खरीद गरिरहेका छन् ।

उनीहरूले किसानको खेतबाट धान खरीद गर्ने र नजीकको धानमण्डीमा बिक्री गर्ने गरेका छन् ।
प्रतिकिलो ५० पैसा मुनाफा लिएर व्यापारीहरूले धानमण्डीमा बिक्री गर्ने गरेको बताइन्छ । एकजना किसानले यसपटक धानखेती बढी भएको बताए । प्रतिकट्ठा धान एक क्विन्टल ६० किलोसम्म उत्पादन भएको ती किसानले बताए । समयमा पानी परेको र आकाशे पानीको भरमा सिंचाइ गर्ने किसानहरूको पनि धानखेती राम्रो भएको बताइएको छ ।

पुरानै ढक/तराजुको प्रयोग

नापतौल कार्यालयले विद्युतीय तराजुबाट कारोबार गर्न सूचित गरे पनि पर्सा जिल्लामा यस वर्ष पनि पुरानै ढक–तराजुबाट व्यापारीहरूले धान खरीद गरेका छन् । किसानहरूले व्यापारीले ल्याएको तराजुको प्रयोग गरी धान बिक्री गरे ।

व्यापारीले ल्याएको ढक–तराजु पुरानो भएको र त्यसबाट किसानहरू ठगिदै आएको एकजना किसानले गुनासो गरे । उनले एकचोटी तराजु जोख्ने मानिस (हटेवे)ले साढे सात किलोसम्म धान तौल गर्ने र यसरी तौल गर्दा तीन क्विन्टल तौलमा किसानलाई २० किलो घाटा हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here