डा सुबोध गुप्ता नेपाल–युएई बिजनेस काउन्सिलका द्वितीय उपाध्यक्ष

0

प्रस, वीरगंज, ९ मङ्सिर/

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्षमा चयन भएका छन् ।

काउन्सिलको निर्वाचन परिणाम घोषणा कार्यक्रममा एम्बेसी अफ द युएई, सिइओ क्लब ग्लोबल नेपाल तथा सेन्टर फर डिप्लोमेटिक डाइलगले डा गुप्ता बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्ष चयन भएको घोषणा गरेका हुन् ।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नकबीले डा गुप्तालाई नेपाल युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्षको प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका थिए ।

अध्यक्ष डा गुप्ता यसअघि फ्रान्सका प्रतिष्ठित विश्वविद्यालयबाट दुबईमा मानार्थ डक्टरेट उपाधिबाट सम्मानित भइसकेका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here