छाती, बङ्गारा र घाँटी दुख्ने, सास फुल्ने र चक्कर लानु हृदयघातका केही ज्ञात र स्पष्ट लक्षण हुन् । तर यस हृदयरोगको केवल यो मात्र लक्षण होइन । जब धमनी खुम्चिन्छ वा अवरुद्ध भएपछि हृदयमा अक्सिजनयुक्त रक्त आपूर्तिमा बाधा हुन्छ, तब व्यक्तिलाई जठरान्त्रसम्बन्धी समस्याको अनुभव पनि हुन सक्छ, जसमाथि कसैको ध्यान जाँदैन ।

हृदयघातको स्थितिमा पेटको समस्या हुन्छ तर यसप्रति हामीले ध्यान दिंदैनौं । तर हृदयघातको बढीजसो मामिलामा यो सामान्य कुरा हो । यसैले यदि तपाईंलाई हृदयघातको अन्य स्पष्ट लक्षणका साथै पेटको समस्या अनुभव गर्नुहुन्छ भने तुरुन्तै चिकित्सा सहायता लिनुपर्छ ।

हृदयघातको क्रममा जब रुकावटको कारण अङ्गले अक्सिजनयुक्त रगत शरीरको अन्य भागमा पम्प गर्न कठिनाइ हुन्छ, तब रक्त परिसञ्चरण सुस्त हुन्छ । पूरै शरीरमा रगतको आपूर्ति कम भएपछि पेटमा रासायनिक परिवर्तन हुन्छ, जसबाट यो क्षारीयबाट अम्लीय हुन्छ । जब पेटको पिएच कम हुन्छ, तब पाचनतन्त्रसहित शरीरको अङ्गले कुशलतापूर्वक काम गर्न सक्दैन । यसले थुप्रै ग्यास्ट्रोइन्टेस्टाइनल समस्याको कारण पनि बन्छ ।

छाती, बङ्गारा र घाँटीको दुखाइको साथ हृदयघात हुने स्थितिमा व्यक्तिको पेटमा पनि दुखाइ हुन सक्छ । पेट दुखाइ शुरूमा तीव्र हुन्छ । समयको साथ दुखाइमा पनि तीव्रता हुन्छ । खराब हृदय स्वास्थ्यको सङ्केत दिने पेट दुखाइ साधारणतया पेटको माथिल्लो बायाँतर्फ महसूस हुन्छ। केही व्यक्तिले यसलाई एसोफैगल स्फिंक्टरमा पनि अनुभव गर्छन् ।

जब आन्द्राको धमनी बन्द वा अवरुद्ध हुन्छ, तब पखाला र बान्ता हुन्छ । बढीजसो खाना खाएपछि रुकावटबाट पेटमा तीव्र दुखाइ हुन सक्छ । यसले पेटको खाल्डोनजीकै सुस्त ऐंठन उत्पन्न गर्न सक्छ र पिठ्यूँसम्म फैलिन्छ । गम्भीर रुकावटको मामिलामा आन्द्राको एउटा भाग बिग्रिन पनि सक्छ । मुटुको समस्याको कारण समयको साथै पेटमा दुखाइले एनोरेक्सिया पनि हुन सक्छ र समयको साथै वजन कम हुन्छ ।

मुटुको समस्याको कारण पाचनतन्त्र राम्ररी काम गर्न सक्दैन, तब पेट अम्लीय हुन्छ र काम गर्न गा¥हो हुन्छ । यसले भोजन पचाउन सक्दैन र त्यसको पोषक तŒवलाई अवशोषित पनि गर्न सक्दैन र बढी हाइड्रोक्लोरिक एसिड (एचसिआई, पाचनको दौरान प्रयोग हुने एसिड) को उत्पादन शुरू गर्छ । पेटमा अत्यधिक एचसिआईको उपस्थितिले अङ्गको परतलाई नष्ट गर्न थाल्छ, जसबाट व्यक्तिलाई बेचैनी हुन्छ । यदि समस्याको समयमा समाधान गरिएन भने यो अल्सरको कारण पनि बन्न सक्छ ।

अपच र डकार पनि हृदयघात सम्बन्धित हृदयको समस्यालाई सङ्केत गर्न सक्छ । यस्तो यस कारण हुन्छ किनभने मुटु, घाँटी र पेट सबै एकअर्काको छेउमा हुन्छन् । हृदयघात हुनुभन्दाअघि पुरुषको तुलनामा महिलामा अपच र डकारको समस्या बढी हुन्छ । यसैले यी लक्ष्Fणलाई बेवास्ता गर्नुहुँदैन । किनभने यसले केही गम्भीरतालाई दर्शाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here