नितेश कर्ण, वीरगंज, ५ मङ्सिर/

भारतबाट आउने यात्रीहरूको लागि कोरोना क्वारेन्टाइनको रूपमा वीरगंज भन्सार कार्यालयमा निर्माण गरिएको होल्डिङ सेन्टरको काम अझै सम्पन्न हुन सकेको छैन ।

भारतबाट आउने यात्रीहरूको लागि नेपाल सरकारले भारत सीमासँग जोडिएका दशवटा स्थानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दैछ । प्रत्येक होल्डिङ सेन्टरको एक हजार क्षमता छ र प्रत्येकको रु २८ करोड लागत गरी कुल रु २ अर्ब २५ करोड खर्च गर्दैछ । यसको निर्माणको लागि ललितपुरको हनुमान कन्स्ट्रक्शनले जिम्मा पाएको छ ।

शुरूमा भदौमध्यमा होल्डिङ सेन्टरको निर्माण सम्पन्न गर्ने लक्ष्य थियो तर कोरोनाको कारण लम्ब्याएर असोजमध्यसम्म पु¥याए पनि अहिले मङ्सिरको पहिलो साता शुरू हुँदा पनि ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छैन । अझै दुई–तीन महीना लाग्ने बताइन्छ ।

वीरगंज भन्सारको गोदामसहित देशभरका झापा, मोरङ, रूपन्देही, कपिलवस्तु, कैलालीलगायत १० वटा नाकामा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । प्रशासनिक कक्ष, भान्सा घर र २० वटा कक्षमा पचासजना अट्ने क्षमताका बाइसवटा भवन यी ठाउँमा निर्माण भइरहेको छ । भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा सबैथोक निश्शुल्क उपलब्ध गराएर तोकिएको अवधिसम्म होल्ड गरी नेपाल प्रवेश गर्न दिने नीति छ ।

तर होल्डिङ सेन्टरको काम समयमा सम्पन्न हुन नसक्दा अहिले भारतबाट आउने मानिस स्वास्थ्य परीक्ष्Fणविना नेपाल प्रवेश गरिरहेका छन् । कोरोनाका कारण लामो समयसम्म सीमा सील भएर अहिले खुला हुँदा रक्सौलबाट सबैथरीका मानिसको निर्बाध प्रवेश नेपालभित्र भइरहेको छ । यसअघि शङ्कराचार्य गेटमा स्वास्थ्य परीक्षण हुने गरेको थियो । अहिले कुनै पनि प्रकारको स्वास्थ्य परीक्ष्Fण नगरी सबै मानिसको लागि आवतजावत सहज गरिएको छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होल्डिङ सेन्टरको काम ६५ प्रतिशत सम्पन्न भएको र बाँकी काम तुरुन्त सम्पन्न हुने बताए । उनले पछिल्लो चरणमा कोरोना सङ्क्रमण दर घटेकोले शङ्कराचार्य गेटमा स्वास्थ्य परीक्षण बन्द गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here