आजको समयमा विश्वभरि टेलिभिजनको निकै ठूलो महŒव छ । यसैकारण हरेक वर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाइन्छ । टेलिभिजनले हामीलाई सूचना मात्र होइन, मनोरञ्जन पनि प्रदान गर्छ । टेलिभिजनबाटै हामीले महŒवपूर्ण छलफल र निर्णय पनि गर्न सक्छौं ।

सन् १९९६ मा संयुक्त राष्ट्रले २१ र २२ नोभेम्बरका दिन विश्वको प्रथम विश्व टेलिभिजन फोरमको आयोजना गरेको थियो । यस फोरमको उद्देश्य एउटा यस्तो मञ्च उपलब्ध गराउनु थियो जहाँ सूचनाको माध्यमबाट टेलिभिजनको महŒवबारे कुराकानी गर्न सकियोस् । मञ्चको उद्देश्य बदलिंदो विश्वमा टेलिभिजनको योगदान अगाडि ल्याउनु पनि थियो । टेलिभिजनले जनमतलाई मात्र प्रभावित गर्दैन, ठूल्ठूला निर्णयमाथि पनि प्रभाव पार्छ । यस दिन पत्रकार, लेखक र ब्लगरले टेलिभिजनको भूमिकामाथि चर्चा गर्छन् ।

सन् १९२७ मा फिलो टेलर फान्र्सवर्थ नामक २१ वर्षीय युवकले आधुनिक टेलिभिजनमाथि सिग्नल प्रसारित गरेका थिए । उनले टिभीको आविष्कार गरेको एक वर्षपछि अमेरिकामा पहिलो टेलिभिजन स्टेशन शुरू भयो । भनिन्छ सेप्टेम्बर १९२८ मा जोन बेयर्डले पहिलोपटक मोडर्न टेलिभिजन सर्वसाधारणको अगाडि प्रदर्शित गरेका थिए । बेयर्डले नै मैकेनिकल टेलिभिजनको आविष्कार गरेका थिए । आजको स्मार्ट जमानामा पनि टेलिभिजनको स्थान कुनै नयाँ उपकरणले लिन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here