प्रतिस्पर्धात्मक जमानामा तनावको प्रभावबारे कुराकानी गर्नुपर्छ । तनाव यस्तो समस्या हो जसले संसारका अधिकांश व्यक्तिलाई चिन्तित बनाएको छ । एउटा अनुसन्धान अनुसार चिन्ता मानवको लागि निकै घातक हुन्छ । यो चिन्ताले गम्भीर रोगहरूलाई जन्म दिन्छ । मानसिक तनावका धेरै कारण हुन सक्छन् ।

स्वास्थ्य विज्ञ अनुसार मानसिक तनावको सही समयमा उपचार गरिएन भने यसले गम्भीर खतरा उत्पन्न गर्छ । लामो समयसम्म तनावले मानसिक र शारीरिक स्वास्थ्यलाई प्रभावित गर्छ । तनावले रक्तचाप, हृदय गति, श्वसन, चयापचय र मांसपेशीमा रक्तको प्रभावलाई बढाउँछ। मानसिक तनावलाई टाढा गर्ने केही फलबारे विज्ञहरूले बताएका छन् ।

अम्बाः भिटामिन सीले भरिपूर्ण फलको सेवनले मानसिक तनाव कम गर्छ । अम्बामा भिटामिन सी पाइन्छ । जाडोको समयमा अम्बा सेवन गर्दा थुप्रै रोगसँग लड्ने ताकत पाइन्छ र तनाव कम हुन्छ ।

अङ्गूरः अङ्गूरमा पानी, सोडियम, पोटाशियम र लौह तŒव पाइन्छ, जुन मानसिक तनाव टाढा गर्ने एउटा राम्रो विकल्प हो । ब्लुबेरीः एउटा शोध अनुसार ब्लुबेरीमा भिटामिन सी, ए, बी, ई हुन्छ, जसले तनाव भगाउने र शरीर मजबूत बनाउँछ । साथै यसको सेवनबाट स्मरणशक्ति पनि बढ्छ ।

किवीः तनाव भगाउन किवी कुनै वरदानभन्दा कम छैन । यसमा आयरन र फोलिक एसिड निकै बढी हुन्छ । स्टे«स झेल्नको लागि यो फल निकै लाभदायक हुन्छ । सुन्तलाः सुन्तलाले मानसिक तनाव भगाउँछ । यसमा भिटामिन सीको प्रचुरता हुन्छ । एउटा शोध हनुसार यो फल मानसिक तनावलाई सधैंको लागि हटाउँछ ।

केराः केरामा भिटामिन, पोटाशियम र फास्फोरस हुन्छ । तनावको स्थितिमा केराको सेवन लाभदायक हुनछ । साथै तनावको स्थितिमा केराको बोक्राबाट बनाएको चिया पिउन स्वास्थ्य विज्ञहरू सल्लाह पनि दिने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here