धेरैजसो व्यक्ति बिहान उठ्ने बित्तिकै चिया/कफी पिउने तथा खाजा खाने गर्छन् । बिहान उठेर ब्रश नगर्नेलाई दाँतसम्बन्धी समस्या हुन्छ । झन् कोरोना महामारी आएपछि यो समस्या झनै विकराल हुन सक्छ ।
सुन्दा अचम्म लागे पनि यो सत्य हो । मुखको खराब स्वास्थ्य कोभिडको खतरालाई झनै बढाउँछ । रिपोट्र्स अनुसार जुन व्यक्तिको मुखको स्वास्थ्य खराब छ अथवा बिहान उठ्ने बित्तिकै ब्रश नगरी चिया पिउँछन्, उनीहरू कोभिड सङ्क्रमणको चपेटामा पर्न सक्छन् । मुखको स्वास्थ्य र कोभिडबीच एउटा सम्बन्ध छ, खराब मुखले अन्य थुप्रै रोगलाई पनि निम्तो दिन्छ । मुख्यरूपले यो त्यति बेला हुन्छ, जब लामो समयसम्म मुखको स्वास्थ्यमाथि ध्यान दिंदैनौं, जसबाट डिस्बिओसिस हुन्छ– जहाँ मुखमा रहेका ब्याक्टेरिया लामो समयपछि एउटा ठूलो समस्यामा परिणत हुन्छ ।
कोरोना महामारीमा सरसफाइलाई ध्यान दिनुपर्छ, सामाजिक दूरी राख्नुपर्छ साथै मुखको सफाइमा पनि आवश्यकताभन्दा बढी ध्यान दिनुपर्छ । दिनमा दुईपटक कम्तीमा दुई मिनेटसम्म फ्लोराइडयुक्त टुथपेस्टले ब्रश गर्नुपर्छ । बिहान उठेर राम्ररी ब्रश गर्ने र मनतातो पानी आधा कप पिउनुपर्छ । यसबाट घाँटी सुक्खा रहँदैन । चिया पिउनुभन्दा पहिले केही आरामदायक तरल पदार्थ पिउनुपर्छ ।