सम्पत्तिको मामिलामा अहिलेसम्म अमेरिका सबैभन्दा अगाडि थियो तर अब चीनले यो उपाधि पाएको छ । सम्पत्तिको मामिलामा चीन दुनियाँको नम्बर एक देश बनेको छ । २० वर्षअघि चीनको सम्पत्ति ७ खर्ब डलर थियो, जुन अब १२० खर्ब डलर पुगेको छ ।

चीनले अमेरिकालाई पछारेर दुर्ई दशकभित्र आफ्नो सम्पत्तिमा निकै वृद्धि गरेर शीर्ष स्थान हासिल गरेको छ । दुनियाँको कुल सम्पत्तिको लगभग एक तिहाइ भाग चीनसँग छ ।

विश्व व्यापार सङ्गठनमा सामेल हुनुभन्दा एक वर्ष पहिले सन् २००० मा चीनको सम्पत्ति केवल सात खर्ब डलर थियो, जुन अहिले बढेर १२० खर्ब डलर पुगेको छ । रिपोर्ट अनुसार चीनको आर्थिक वृद्धि निकै भएको छ । २० वर्षको अवधिमा दुनियाँले जति सम्पत्ति अर्जित गरेको छ, त्यसमध्ये करीब एक तिहाइ भाग चीनसँग छ ।

दुनियाँको ६० प्रतिशत आम्दानीको लागि जिम्मेवार १० देशको ब्यालेन्स सिटमाथि निगरानी गर्ने मैनेजमेन्ट कन्सल्टेन्ट मैकिन्से एन्ड कम्पनीको अनुसन्धान शाखाको रिपोर्टले यो खुलासा गरेको हो । मैकिन्सेले विश्व आयको ६० प्रतिशतभन्दा बढीको प्रतिनिधित्व गर्ने दश देशको राष्ट्रिय ब्यालेन्स सिटलाई जाँच गर्छ । यसको मुख्यालय ज्यूरिचमा छ । रिपोर्टमा भनिएको छ, दुनियाँभरिको कुल सम्पत्ति सन् २००० मा १५६ ट्रिलियन डलरबाट बढेर सन् २०२० मा ५१४ ट्रिलियन डलर भएको छ ।

अमेरिकाको सम्पत्तिमा जबरजस्त वृद्धि देखिएको छ । युएसको सम्पत्ति बितेको २० वर्षमा दुर्ई गुनाले बढेको छ । सन् २००० मा अमेरिकी सम्पत्ति ९० खर्ब डलर थियो । रिपोर्टमा भनिएको छ, यहाँ सम्पत्तिको दाममा निकै वृद्धि नभएकोले अमेरिकाको सम्पत्ति चीनको तुलनामा कम रह्यो । यही कारण हो कि अमेरिका नम्बर एक स्थानबाट झरेको छ भने चीन अहिले शीर्ष स्थानमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here