बन्दागोभी (पत्तागोभी)मा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले रोगबाट बचाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तर यो बन्दागोभीले ज्यान पनि लिन सक्छ । यसमा पाइने कीराले मस्तिष्कमा यस्तो क्षति पु¥याउँछ, जसबाट निको हुन निकै कठिन हुन्छ । त्यसैले धेरै मानिस बन्दागोभी खानबाट बच्न थालेका छन् । बन्दागोभीमा पाइने टेपवर्म कीरा कहाँबाट आउँछ, यो किन खतरनाक छ र यसबाट कसरी बच्ने ? यो सबै जान्नु धेरै महŒवपूर्ण छ ।

भारतमा सबैभन्दा धेरै मामिला

बन्दागोभीमा पाइने टेपवर्म कीराले मानिसको दिमागमा पार्ने खतरनाक प्रभावका घटना विश्वका धेरै ठाउँबाट बाहिर आए पनि भारतमा यसका मामिलाहरू सबैभन्दा बढी छन् । यो टेपवर्म सङ्क्रमण जनावरको मलमा पाइने कीराहरूबाट फैलिन्छ । यो पानीसँगै जमीनमा पुग्छ र काँचो तरकारीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । काँचो बन्दागोभीमा टेपवर्म पनि हुन्छ, जुन पटक–पटक धोए पनि बाहिर निस्कँदैन ।

टेपवर्मले मस्तिष्क र आन्द्रामा आक्रमण गर्छ

टेपवर्मले आन्द्रा र मस्तिष्कमा आक्रमण गर्छ । सामान्यतया आन्द्राले एक वा दुई टेपवर्मको आक्रमणलाई सहन सक्छ, तर मस्तिष्कमा यस्तो आक्रमण धेरै खतरनाक साबित हुन्छ । हाम्रो आन्द्रा र मस्तिष्कमा पुगेपछि यी कीराहरूले त्यहाँ अन्डा पार्छन्, जुन शरीरभरि फैलिन्छ र सङ्क्रमण फैलाउँछ । शरीरमा उनीहरूको उपस्थिति शुरूमा पत्ता लाग्दैन तर एकपछि अर्को लक्षण देखिन थाल्छ । मुख्य लक्षणहरूमा तीव्र टाउको दुखाइ, कमजोरी, थकान, पखाला, भोक नलाग्ने (कम वा बढी महसूस), शरीरमा पोषक तŒवको अचानक कमी हुन् ।

कीरा २५ मिटर लामो हुन सक्छ

टेपवर्म शरीरमा कति खतरनाकरूपले बढ्छ, यसको लम्बाइ ३.५ मिटरसम्म हुन सक्छ भन्ने तथ्यबाट अनुमान लगाउन सकिन्छ । वयस्क टेपवर्महरू २५ मिटरसम्म लामो हुन सक्छन् र ३० वर्षसम्म बाँच्न सक्छन् । मस्तिष्कमा टेपवर्म आक्रमण

यसले मस्तिष्कमा ठूलो हानि पु¥याउँछ र कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जान सक्छ। उपचारका लागि बिरामीलाई औषधि दिनुका साथै शल्यक्रियासमेत गरिन्छ ।

टेपवर्मबाट कसरी बच्ने

बन्दागोभीसहित सबै काँचो तरकारीहरू राम्ररी धुनुपर्छ । सफा रहनुपर्छ र सफा ठाउँमा बनेका चीजहरू मात्र खानुपर्छ । काँचो वा नपाकेको मासु खाँदा टेपवर्मको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ ।

किशमिशको पानीको चमत्कारी प्रभाव

धेरैलाई थाहा होला कि किशमिशको पानीले शरीरका धेरै समस्यालाई हटाउन निकै प्रभावकारी भूमिका निर्वाह गर्छ । यसले रोगहरूबाट शरीरलाई बचाउँछ । खासगरी कलेजोको रोगमा किशमिशको पानीले निकै प्रभावकारी नतीजा दिन्छ । तर यसको लागि किशमिशको पानी राम्ररी तयार गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here