ड्राइफ्रुट्सको रूपमा सबैभन्दा धेरै प्रयोग हुने चीजमध्ये एक किशमिश, स्वादमा मात्र होइन, यसमा पाइने पोषक तŒवहरूले धेरै रोग निको पार्न मदत गर्दछ । जानीराखौं किशमिशको पानीले के के फाइदा गर्छ ।
– किशमिशको पानी पिउनाले शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । यो भन्न सकिन्छ कि किशमिशको पानी कलेजोको सफाइको लागि एक राम्रो विकल्प हो ।
– एसिडिटीको समस्या भएकाहरूले किशमिशको पानी पिउँदा निकै राहत मिल्छ । यसले पेटमा हुने एसिडलाई नियन्त्रण गर्छ ।
– किशमिशको पानीले रगतलाई पनि शुद्ध पार्छ र मुटुलाई स्वस्थ राख्न पनि धेरै सहयोगी हुन्छ । यसले खराब कोलेस्ट्रोललाई हटाएर प्रमुख स्वास्थ्य समस्याबाट बचाउँछ ।
– किशमिशमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ र यसले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ, जसले क्यान्सर निम्त्याउन सक्छ ।
– किशमिशका यी एन्टिअक्सिडेन्टहरूले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सुधार गर्छ । बारम्बार रोगको शिकार हुने व्यक्तिले किशमिशको पानी पिउनुपर्छ ।
किशमिशको पानी कसरी बनाउने
किशमिशको पानीका धेरै फाइदा प्राप्त गर्न, यसलाई सही तरीकाले तयार पार्नु महŒवपूर्ण हुन्छ । यसका लागि दुई कप पानी उमालेर त्यसमा १५० ग्राम किशमिश रातभर भिजाउनुपर्छ ।
बिहान किशमिशको पानी छान्नुपर्छ र त्यसपछि यसलाई हल्का आगोमा तताउनुपर्छ । त्यसपछि खाली पेटमा चिया जस्तै किशमिशको तातो पानी पिउनुपर्छ । यसमा ताजा कागतीको रस पनि थप्न सकिन्छ ।