हृदयघात र स्ट्रोकको खतरा घटाउनु छ भने राति १०–११ बीच सुत्नुपर्छ । वैज्ञानिकले यस समयलाई गोल्डेन आवर भन्छन् । वैज्ञानिकले मान्छे सुत्ने समय र मुटुको रोगबीच एउटा सम्बन्ध भेट्टाएका छन् । विशेषगरी महिला जो अबेर राति सुत्ने गर्छन् ।
यो दाबी इङ्गल्यान्डको एक्सेटर युनिभर्सिटीका शोधकर्ताले हालै गरेको अनुसन्धानमा गरेका छन्। शोधकर्ताको भनाइ छ, यदि तपाईं आधा रातमा वा अबेर सुत्नु हुन्छ भने यसले मुटु क्षतिग्रस्त हुन सक्छ । शोधकर्ताको भनाइ छ मान्छेको निद्रा र मुटुको बीच एउटा सम्बन्ध हुन्छ । जो व्यक्ति अबेर सुत्छ र बिहान चाँडै उठ्दैन, उनीहरूको शारीरिक घडी खलबलिन्छ । मुटुमाथि नराम्रो असर पर्छ । त्यसैले राति चाँडै सुतेर मुटुको रोगको खतरालाई कम गर्न सकिन्छ ।
शोधकर्ताहरूले ४३ देखि ७४ वर्षका ८८ हजार ब्रिटिश वयस्कमाथि अनुसन्धान गरेका थिए । शोधमा सहभागीहरूको हातमा ट्रैकर लगाइएको थियो । ट्रैकरको माध्यमबाट उनीहरू सुत्ने र उठ्ने गतिविधिलाई निगरानी गरिएको थियो । यसको अलावा उनीहरूको दिनचर्यासँग सम्बन्धित प्रश्न–उत्तर सोधिएको थियो । ती व्यक्तिको पाँच वर्षसम्मको मुटुरोग, हृदयघात, स्ट्रोक, मुटु फेल आदिको मेडिकल रेकर्ड राखिएको थियो र त्यसको तुलना गरिएको थियो ।
शोधको नतीजा अनुसार जुन व्यक्ति राति १० देखि ११ बजेबीच सुत्दथे, उनीहरूमा हृदयरोगको मामिला सबैभन्दा कम थियो । त्यस्तै, आधा रातमा सुत्नेहरूमा यो खतरा २५ प्रतिशतसम्म बढी थियो ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित अनुसन्धान अनुसार मान्छेलाई प्रेरित गरेर चाँडै सुत्न लगाएर मुटुको रोगको खतरा कम गर्न सकिन्छ । डा डेभिड प्लान्स भन्छन्, २४ घण्टा चल्ने शरीरको भित्रको घडीले नै हामीलाई शारीरिक र मानसिकरूपमा स्वस्थ राख्छ । यसलाई सरकेडियन रिद्म भनिन्छ । अबेर सुत्दा सरकेडियन रिद्म बिग्रिन्छ । यसैलाई यसलाई ठीक बनाउनुपर्छ ।
जाडोमा स्ट्रोक र हृदयघात रोक्ने तरीकाः
अत्यधिक चीसो मौसममा मुटुमाथि दबाब पर्छ । रक्तवाहिका खुम्चिन्छ । यसबाट रक्तचाप बढेपछि स्ट्रोक र हृदयघातको खतरा पनि बढ्छ । युरोपियन जर्नल अफ एपिडिमियोलोजी अनुसार जो व्यक्ति मोटो छ, धुम्रपान गर्छ वा उच्च रक्तचापबाट पीडित छन्, उनीहरूमा स्ट्रोक र हृदयघातको खतरा ३० प्रतिशतभन्दा बढी हुन्छ । अमेरिकी एजेन्सी सिडिसी अनुसार रक्तचाप बढिरहन्छ भने यसले मुटुलाई नोक्सान मात्र पु¥याउँदैन, स्ट्रोकको खतरा पनि बढाउँछ ।
अमेरिकन हार्ट एशोसिएशन अनुसार अत्यधिक चीसोको समयमा रक्त गाढा र लेसाइलो हुन्छ, जसले गर्दा सजिलै थक्का बन्छ । धेरैजसो रगतको थक्का बन्ने कारण पनि यही हो । यो थक्काले मस्तिष्कको रक्तवाहिकाको बाटो बाधित गर्छ । सिडिसी अनुसार कुनै पनि ब्याक्टेरिया वा भाइरससँग लड्न इम्युन सिस्टमले एन्टीबडी बनाउँछ । घामबाट शरीरले यो एन्टिबडी बढी मात्रामा बनाउँछ । यसको अलावा घामले सुन्निएको र उच्च रक्तचापलाई पनि कम गर्छ । मस्तिष्कको कार्यक्षमता बढ्छ । यसैले बिहान २० मिनेटसम्म घाममा बस्नुपर्छ ।
शरीरमा घाम परेपछि सेरोटोनिन हार्मोन रिलिज हुन्छ, जसले व्यवहार राम्रो बनाउँछ । हार्मोन कार्बोहाइडे«ट पनि रिलिज गर्छ । यद्यपि जाडोमा घामको तेज कम हुन्छ । यसैले भोकको अनुभूति बढी हुन्छ । प्रोटिनले भोक बढाउने हार्मोन घ्रेलिनलाई कम गर्छ । भोजनमा लिइने क्यालोरीमा यदि ३० देखि ३५ प्रतिशत प्रोटिन छ भने भोक कम लाग्छ । यसबाट वजन पनि बढ्दैन । बिहान ४० मिनेटको कसरतले उच्च रक्तचाप र स्ट्रोकको खतरालाई २७ प्रतिशतसम्म कम गर्छ । इन्स्ट्च्यिुट अफ साइकियाट्री, साइकोलोजी र न्यूरोसाइन्स अनुसार प्रतिदिन ३० देखि ४० मिनेट कसरत गर्ने व्यक्तिमा अवसादको खतरा २८ प्रतिशतसम्म कम रहन्छ ।