गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५ डिग्री सेल्सियससम्म तापमान घटाउँछ। यो कपडा लगाउँदा गर्मीबाट राहत पाउन सकिन्छ ।

कपडालाई चीनको नानजिङ युनिभर्सिटीका शोधकर्ता र स्टेनफोर्ड युनिभर्सिटीको शान्हुई पैmनले मिलेर तयार गरेका हुन् । शोधकर्ताको भनाइ छ, गर्मी मौसममा बाहिर जाँदा शरीरलाई चीसो राख्ने उद्देश्यले यो कपडा तयार गरिएको हो ।

संसारमा १५ प्रतिशत बिजुलीको प्रयोग मनुष्यले आफूलाई चीसो राख्न प्रयोग गर्छन् । नयाँ कपडाको मदतबाट बिजुलीको मागलाई केही हदसम्म कम गर्न सकिन्छ । शोधकर्ताको भनाइ छ, साधारणतया सिल्कले सूर्यको किरणलाई परावर्तित गर्छ । यस विशेषतालाई ध्यानमा राख्दै सिल्कमा परिवर्तन गरेर यस्तो कपडा बनाइएको हो, जसले सूर्यको किरणलाई ९५ प्रतिशतसम्म परावर्तित गर्न सक्छ ।

शोध अनुसार कपडाले जति बढी सूर्यको किरणलाई परावर्तित गर्छ र कमसेकम अवशोषित गर्छ । यसले शरीरलाई घामको असरबाट बचाउँछ र चीसो राख्छ । घाममा कपडाको परीक्ष्Fण गर्दा वरपरको हावाभन्दा पनि ३.५ प्रतिशतसम्म चीसो भएको देखियो । शोधकर्ताको भनाइ छ, यो संसारको यस्तो कपडा हो, जुन हावाभन्दा पनि चीसो छ । कपडामा अल्मुनियम अक्साइडको नैनौपार्टिकल मिलाइएको छ । यसले यो इन्फ्रारेड, भिजिबल र अल्ट्राभायलेट किरणलाई परावर्तित गरेर शरीरबाट टाढा राख्छ ।

यस विशेष प्रकारको सिल्कको कपडालाई यसरी बुझ्न सकिन्छ । यदि तपाईं ४० डिग्री सेल्सियस घाममा यो सिल्कको कपडा लगाउनुहुन्छ भने यसले तपाईंलाई ३२ डिग्री सेल्सियस तापमान महसूस गराउँछ । त्यस्तै, सुतीको तुलनामा यसले १२.५ डिग्री सेल्सियस कम तापमान महसूस गराउँछ । परीक्षणमा यो साबित पनि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here