डन्डीफोर निको गर्ने एन्टिबायोटिक्सको इन्जेक्शनबाट पिठ्यूँ दुखाइको उपचार हुन सक्छ। युकेका चिकित्सकहरूले यस इन्जेक्शनको परीक्षण गर्दैछन्। चिकित्सकको भनाइ छ, इन्जेक्शनमा रहेको औषधि पिपिथ्रिफाइभथ्रीबाट पिठ्यूँ दुखाइ रोगबाट पीडित लाखौं मान्छेले राहत पाउने छन्।

चिकित्सकका अनुसार यस एन्टिबायोटिक औषधिले ती ब्याक्टेरियालाई नष्ट गर्छ जसको कारण डन्डीफोर हुन्छ। रिसर्चमा यस औषधिले ब्याक पेन

(पिठ्यूँ दुखाइ)बाट ग्रस्त रोगीको क्षतिग्रस्त भएको स्पाइनल डिस्कमा राहत दिने बताइएको छ।

उपचार गर्ने युके पर्सिया फर्मास्युटिकल्सको भनाइ छ, प्रारम्भिक परीक्षणको क्रममा अहिलेसम्म यसबाट तीनजनाको उपचार भइसकेको छ। उनीहरूको दुखाइमा निकै कमी आएको छ। यो ठूलो सफलता हो। अब यस्ता रोगीले पौडी पनि खेल्न सक्छन्।

चिकित्सकको भनाइ छ, ब्याक पेनको तीन सबैभन्दा ठूलो कारण हो, स्लिप डिस्क, आर्थराइटिस र स्पाइनल स्टेनोसिस (हाडको कारण नसा थिचिनु)। पछिल्लो समय भएको अनुसन्धानमा यो साबित भएको छ कि यसको एउटा अर्को कारण ब्याक्टेरिया पनि हुन सक्छ।

सन् २०१३ मा डेनमार्कमा भएको अनुसन्धान अनुसार स्लिप्ड डिस्कबाट ग्रसित ४० प्रतिशत रोगीमा यसको कारण क्युटिबैक्टिरियम ब्याक्टेरियाको सङ्क्रमण थियो। यो ब्याक्टेरियाको कारण डन्डीफोर हुन्छ।

पर्सिया फर्मास्युटिकल्सका अनुसार परीक्षणको क्रममा पिपिथ्रिफाइभथ्री एन्टिबायोटिकको इन्जेक्शन सीधै डिस्कमा लगाइन्छ। यसबाट औषधि ब्याक्टेरियासम्म पुग्छ। यो औषधि डिस्कमा पुग्नेबित्तिकै दुखाइको कारण बनाउने ब्याक्टेरियाको वृद्धि रोकिन्छ। यो औषधि ४० जना रोगीमा परीक्षण गरिएको छ।

विज्ञका अनुसार मनुष्यको मेरुदण्डमा ससाना डिस्कजस्तो संरचना हुन्छ। यो क्षतिग्रस्त भएपछि पीडा शुरू हुन्छ। डन्डीफोरको ब्याक्टेरिया क्युटिबैक्टिरियम मुखको माध्यमबाट शरीरमा पुग्छ र रगतमा मिसिएर पूरै शरीरमा फैलिन्छ।

स्लिप्ड डिस्कसँग जोडिएको रक्त वाहिनीको माध्यमबाट ब्याक्टेरिया यसमा पुग्छ। नतिजा यो नसामा समस्या उत्पन्न गर्नुका साथै सुन्निने र दुखाइको कारण बन्छ।

प्रारम्भिक परीक्षणमा सामेल तीनजनामध्ये एक ४४ वर्षीय स्कट हैरिसको भनाइ छ–५ वर्षदेखि म पिठ्यूँ दुखाइबाट पीडित थिए। एन्टिबायोटिक इन्जेक्शन लगाएपछि दुखाइ निकै चाँडै घट्यो। अब म स्विमिङ गर्न सक्छु र सामान्य जीवन पनि बाँच्न सक्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here