मान्छेको लम्बाइ ढिलोगरी बढ्नु र कम उमेरमैं जवान हुनुको कारण के हो, अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले यसको उत्तर दिएका छन्। वैज्ञानिकको भनाइ छ–मान्छेको मस्तिष्कमा रहेको विशेष प्रकारको रिसेप्टर यसको लागि जिम्मेवार हुन्छ। यो रिसेप्टर मनुष्यमा ती हार्मोन्सलाई नियन्त्रण गर्छ जुन शरीरको लम्बाइ र यौन परिपक्वतामा मुख्य भूमिका निर्वाह गर्छ। शोधमा क्याम्ब्रिज विश्वविद्यालय, लन्दनको क्विनमेरी विश्वविद्यालय, ब्रिस्टल विश्वविद्यालय, मिशिगन र वन्डरबिल्ट विश्वविद्यालयका वैज्ञानिक सहभागी थिए।
शोधकर्ताको भनाइ छ, मस्तिष्कको हाइपोथैलेमिक न्यूरोन्स भएको भागमा मिलेनोकोर्टिन–३ रिसेप्टर (एमसिथ्रीआर) पाइन्छ। यसले नै लम्बाइ र यौन परिपक्वता नियन्त्रण गर्छ। जब यो रिसेप्टरले ठीकले काम गर्दैन तब मनुष्यको लम्बाइ ठीक ढङ्गले बढ्दैन र मान्छे कदमा छोटो हुन्छ। साथै ऊ जवान पनि ढिलैगरी हुन्छ।
अन्तर्राष्ट्रिय शोधकर्ताको टीमले अनुसन्धानमा ५ लाख व्यक्तिलाई सामेल गरे। उनीहरूको जाँच गरे। जाँचमा जुन हजारौं व्यक्तिको एमसिथ्रिआर जीनमा परिवर्तन भएको थियो, त्यसमा ८१२ जना महिला पनि सामेल थिए। क्याम्ब्रिजका शोधकर्ता सर स्टिफेन ओ–रहिली भन्छन्, मस्तिष्कमा स्वतः पुग्ने पोषक तत्वको आधारमा मान्छेको लम्बाइ र सेक्सुअल डेभलपमेन्ट तय हुन्छ। रिसर्चको नतीजा ती बालबालिकामाथि असरदार साबित हुन्छ जसको लम्बाइ ढिलोगरी बढ्छ। शोधकर्ताको भनाइ छ, रिसर्चको नतीजा मान्छेको लागि धेरै प्रकारले फाइदाजनक साबित हुन्छ। अब यस्तो औषधि तयार गर्न सकिन्छ जुन यस रिसेप्टरलाई राम्ररी काम गर्न मदत गर्छ जसले गर्दा मनुष्यको लम्बाइ रोकिंदैन र मान्छे समयमैं जवान हुन सक्छ।
शोधकर्ताका अनुसार अमेरिका र युकेमा पुरुषको औसत लम्बाइ ५ फिट ९ इन्च छ। त्यस्तै युकेमा महिलाको औसत लम्बाइ ५ फिट ३ इन्च छ। युकेको तुलनामा अमेरिकी महिलाको औसत लम्बाइ थोरै बढी छ, यहाँ यो तथ्याङ्क ५ फिट ४ इन्च छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)