सल्यान, २१ कात्तिक/रासस

सल्यानमा यात्रीवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। जिल्लाको दुल्धारा पोखराबाट दाड्ढो तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाड्ढो तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दाड्ढो बबई गाउँँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाड्ढो घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाड्ढा पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ। घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगंज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार आठजनाको घटनास्थलमैं ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो। चालक भने फरार छन्।  प्रहरीले उनको खोजी गरिरहेको छ। बस सडकबाट २०० मिटर तल खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here