मानिसजस्तै माहुरीले पनि सङ्क्रमणबाट बच्न सामाजिक दूरी पालना गर्छन् । जब घारमा परजीवीको सङ्क्रमण हुन्छ, तब तिनीहरू एकअर्काबाट टाढा हुन थाल्छन् । युनिभर्सिटी कलेज लन्डन र इटालीको ससारी विश्वविद्यालयको अनुसन्धानमा यो दाबी गरिएको हो ।
अनुसन्धानले भन्छ, जब भेरोआ नामको परजीवी घारमा पुग्छ, माहुरीहरू एकअर्काबाट अलग हुन थाल्छन् । अनुसन्धानको क्रममा दूरी बढाउँदा सङ्क्रमणको घटनामा पनि कमी आएको थियो ।
घारमा सङ्क्रमण कति खतरनाक छ ।
अन्वेषक डा अलेक्जान्ड्रो सिनीका अनुसार भेरोआ माइट घारमा पुग्दा भाइरस फैलिने जोखिम पनि बढ्छ । यो जीवले घारमा पाँच प्रकारका भाइरस फैलाउन सक्छ, जसले माहुरीको सम्पूर्ण बस्ती नष्ट गर्न सक्छ । विश्वव्यापीरूपमा यो प्राणी मौरीहरूको बस्ती नष्ट गर्न जानिन्छ ।
यो जीव कति खतरा छ बुझ्न विभिन्न माहुरीका घारहरू तुलना गरिएको थियो । अनुसन्धान अनुसार माहुरीले अन्य माहुरीलाई विशेष प्रकारको नाच देखाएर खाना कहाँ छ भन्ने कुरा बताउँछन् । यो नाचबाट सङ्क्रमण फैलिने खतरा बढ्छ ।
यसरी भयो अनुसन्धान
वैज्ञानिकहरूले मौरीमा सामाजिक दूरी पत्ता लगाउन एउटा प्रयोग गरे । वैज्ञानिकहरूले १२ माहुरीहरूको समूहलाई कृत्रिमरूपमा सङ्क्रमित गरे । त्यसपछि यी माहुरीहरूको व्यवहार स्वस्थ मौरीसँग तुलना गरिएको थियो । रिपोर्टमा सङ्क्रमण भएपछि उनीहरू दूरी बनाउन थाल्छन् भन्ने खुलासा भएको छ ।
सामाजिक दूरी बुझ्नको लागि उत्तम मोडेल
सङ्क्रमण घारको बीच भागको तुलनामा किनाराबाट शुरू हुन्छ । त्यसैले बिस्तारै सामाजिक दूरी कायम गर्दै माहुरीहरू सङ्क्रमणबाट बच्न घारको बीचमा जान थाल्छन् । ससारी विश्वविद्यालयका अनुसन्धानकर्ता मिशेलिना पुसेदु भन्छिन् कि माहुरीको बस्ती सामाजिक दूरी बुझ्नको लागि उत्कृष्ट उदाहरण हो । रोग लाग्न नदिनुका साथै व्यवहारमा पनि परिवर्तन ल्याउँछन् ।