केही हप्ताअघि आपत्कालीन घोषणामा संयुक्त राज्य अमेरिकाको मिशिगनका अधिकारीहरूले बुन्टन हार्बरका शहरवासीहरूलाई खाना पकाउन, तरकारीहरू धुन र ब्रश गर्नका लागि घरमा ट्यापबाट पानी प्रयोग नगर्न भनेका थिए ।

अमेरिकाको शिकागो शहरबाट केही घण्टा टाढा रहेको बेन्टन हार्बरमा कम्तीमा तीन वर्षदेखिको अवस्था यस्तो छ कि आपूर्तिको पानीको प्रयोगले रोग लाग्ने गरेको छ । आखिर, धाराबाट आउने पानी कसरी यति विषाक्त छ, वास्तवमा यो पानीमा सीसाको मात्रा धेरै भएको छ ।

बेन्टन हार्बर कम्युनिटी वाटर काउन्सिलका अध्यक्ष रेभरेन्ड एडवर्ड पिंकनीले बिबिसी वल्र्डलाई भने, “२०१८ देखि नै यो क्षेत्रको पानी आपूर्तिमा सीसाको उच्च स्तर रहेको पत्ता लागेको छ, त्यो पनि खतरनाक स्तरभन्दा धेरै माथि । तर यसको प्रयोगमा अझै प्रतिबन्ध लगाइएको थिएन ।”

सन् २०१८ मा प्रकाशित तथ्याङ्क अनुसार उक्त क्षेत्रको पानीमा सीसाको मात्रा २२ पाट्र्स प्रतिअर्ब रहेको थियो भने २०२१ को जनवरीदेखि जूनसम्ममा बढेर २४ पाट्र्स प्रतिअर्ब पुगिसकेको छ । तर कतिपय घरमा यसको मात्रा ४०० देखि ८८९ पार्ट्स प्रतिबिलियनसम्म पनि देखिएको छ । यहाँ उल्लेखनीय छ कि अमेरिकामा पिउने पानीमा १५ पाट्र्स प्रतिबिलियनभन्दा बढी सीसाको मात्रा हुनु असामान्य मानिन्छ ।

मिशिगनको पानीको गुणस्तर विशेषज्ञ इलेन वारेन बेटान्जो भन्छिन्, “मानव प्रयोगको लागि उपलब्ध पानीमा सीसाको उपस्थिति कडारूपमा निषेध गरिएको छ, त्यसैले यो भन्न सकिन्छ कि बेन्टन हार्बरमा पाइने स्तर धेरै चिन्ताजनक छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here