फेसबूकले अब फोटो र भिडियोमा मानिसको अनुहार चिन्न सक्ने अनुहार पहिचान गर्ने सफ्टवेयर प्रयोग नगर्ने घोषणा गरेको छ । यस प्रविधिको सही वा गलत प्रयोगका बारेमा चिन्ताहरू उठाइएको थियो र गोपनीयता, जातीय पूर्वाग्रह र यसको शुद्धताको बारेमा प्रश्नहरू सोधिएका थिए।
तर यस प्रविधिको अनुगमन गर्ने नियामकले यसको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै स्पष्ट नियम नबनाएको कम्पनीको भनाइ छ । तर यो प्रविधिका कारण प्रयोगकर्तामा पर्ने असरलाई लिएर फेसबूकको चर्को आलोचना भइरहेको थियो ।
अहिलेसम्म एपमा प्रयोगकर्ताहरूले आफ्नो अनुहार पहिचान गर्ने सुविधा छनोट गर्न सक्थे र यदि कसैले फेसबूकमा आफ्नो फोटो पोस्ट गरेमा जानकारीमा पहुँच हुन्थ्यो ।