धनतेरसको दिन सुख र समृद्धि प्राप्त गर्ने आशा गरिन्छ । यस दिन केही विशेष वस्तुको किनमेल गर्नाले वर्षभरि घरमा आशीर्वाद रहन्छ, तर यस दिन केही काम गर्न सख्त वर्जित छ । नत्र ठूलो नोक्सानी बेहोर्नुपर्छ । त्यसैले, यदि आफ्नो घरमा सुख र समृद्धि चाहनुहुन्छ भने धनतेरसको दिन (१६ कात्तिक, २०७८, मङ्गलवार) यी गलतीहरू नगर्नुहोस् । साथै यस दिन सुनचाँदी, तामा–पीतलका सामान मात्र किन्नुहोस् । यसबाहेक घरको गाडा, झाडु, धनियाको दाना खरीद गर्नु पनि शुभ मानिन्छ । यस दिन देवी लक्ष्मी र भगवान् गणेशको तस्वीर भएको सुन वा चाँदीको सिक्का किन्नु पनि शुभ मानिन्छ ।

धनतेरसको दिन यी काम नगर्नुहोस्

१. धनतेरसको दिन कसैलाई उधारो नदिनुहोस् । यस दिन उधारो दिने र लिने गरेमा दुवैले पैसाको अभावको सामना गर्नुपर्ने हुन्छ ।
२. धनतेरसको दिन स्टील, गिलास वा प्लास्टिकका सामान वा भाँडाकुँडा किन्नुहुँदैन । यी राहु र शनिसँग सम्बन्धित छन् र धनतेरसको दिन यिनीहरूलाई किन्नु दुर्भाग्य निम्त्याउनु हो ।
३. सुनचाँदी, तामा–पीतलका भाँडाहरू किनेर घर ल्याउँदा मिठाइ, चामल आदिले भर्नुपर्छ । धनतेरसको दिन घरमा खाली भाँडाकुँडा ल्याउनु अशुभ मानिन्छ ।
४. धनतेरसको दिन धनको देवता कुबेर, माता लक्ष्मी, भगवान् धन्वन्तरि र यमराजको पूजा गरिन्छ तर गिलास वा प्लास्टर अफ पेरिसको मूर्तिको पूजा नगर्नुहोस् ।
५. धनतेरसको दिन गलतीले पनि घरको मुख्य ढोकाअगाडि जुत्ता र चप्पल नराख्नुहोस् । बिहानैदेखि घरको ढोका र अगाडिको भाग धुनुहोस् र सफा गर्नुहोस् ।
६.धनतेरस र दीपावलीको दिन भुलेर पनि सुत्नुहुँदैन । यसो गर्नाले घरमा नकारात्मकता आउँछ ।
७. धनतेरसको दिन चक्कु, कैंची जस्ता धारिलो वस्तु किन्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here