जाडो मौसम शुरू भएको छ । यो मौसममा शरीर सुस्त हुन्छ । आलस्य भगाउन कोही–कोहीलाई तातो पानीले नुहाउनुपर्छ भन्ने लाग्छ । यसबाहेक चिसोबाट बच्नको लागि मानिसहरू चिया, कफीको सहारा लिन्छन् । तर यी सबै चीजले तपाईंको शरीरलाई हानि पु¥याउन सक्छ । यस्ता १० गलतीबारे जानौं, जसबाट हामी बच्नुपर्छ ।
१. तातो पानीले नुहाउनु
जाडोमा अधिकांश मानिस तातो पानीले मात्रै नुहाउने गर्छन् । तर अनुसन्धानले तातो पानीको तापक्रम ३२ डिग्री सेल्सियससम्म मात्रै हुनुपर्ने बताएको छ । यदि योभन्दा बढी तातो पानीले नुहाउने हो भने यसले छाला र कपाललाई नोक्सान पु¥याउँछ । यसले छाला सङ्क्रमणको जोखिम बढाउन सक्छ । तातो पानीको कारण छालाका तन्तुहरू बिग्रन्छ र तिनीहरू क्षतिग्रस्त हुन थाल्छन् । यस्तो अवस्थामा छालामा समयअघि नै चाउरी पर्न सक्छ ।
२. बढी लुगा लगाउनु
जाडो मौसममा धेरैजसो मानिसले शरीरलाई न्यानो राख्न न्यानो कपडा लगाउने गर्छन् । यतिमात्र होइन, कतिपयले एकपछि अर्को धेरै लुगा लगाउँछन् । यसो गर्नाले तपाईंको शरीर धेरै तातो हुन सक्छ । मानव प्रतिरक्षा प्रणालीले चिसो हुँदा सेतो रक्त कोशिकाहरू उत्पादन गर्दछ, जसले शरीरलाई सङ्क्रमण र रोगहरूबाट सुरक्षित राख्छ । तर जब शरीर धेरै तातो हुन्छ, प्रतिरक्षा प्रणालीले आफ्नो काम गर्न असमर्थ हुन्छ ।
३. धेरै कफी र चिया पिउनु
जाडो मौसममा मानिसहरू चिया र कफी बढी पिउन थाल्छन् । यस्तो गर्नु शरीरको लागि हानिकारक हुन सक्छ । वास्तवमा चिया र कफीमा क्याफिन हुन्छ । जसको बढी मात्राले शरीरलाई हानि पु¥याउँछ ।
४. पानी कम पिउनु
जाडो शुरू हुनासाथ मानिसले पानी पिउन बन्द गर्छन् । यसो गर्नु शरीरको लागि राम्रो हुँदैन । यसका कारण शरीरमा डिहाइड्रेसन हुन थाल्छ । डिहाइड्रेसनले मिर्गौला र पाचनमा समस्या हुन सक्छ ।
५ अत्यधिक खानु
चिसो बढेसँगै मानिसले धेरै खान थाल्छ । यसको कारण हो, चिसो मौसममा शरीरले बढी क्यालोरी खर्च गर्छ । त्यसैले हामीले आवश्यकताभन्दा बढी खान थाल्छौं । तर यसो गर्नु हानिकारक हुन सक्छ ।
६. चिसो क्रिमको अत्यधिक प्रयोग
जाडोमा आफ्नो स्वास्थ्यसँगै छालाको पनि ख्याल गर्नुपर्छ । तर हामी छालालाई सुक्खा हुनबाट जोगाउन बारम्बार तेल वा टाँसिने क्रिम लगाउँछौं । जसले धूलो, फोहोर र कीटाणुहरूलाई आकर्षित गरेर हाम्रो छालालाई हानि पु¥याउन सक्छ ।
७. धेरै सुत्नु
हामीलाई जाडोको मौसम मनपर्छ किनकि कम्बलभित्र पस्ने बित्तिकै निद्रा लाग्छ । बिहान ढिलो उठ्नुको कारण पनि यही हो । दिउँसो सुत्दा हामीलाई स्फूर्ति मिल्छ तर यसरी धेरै निद्राको कारण हाम्रो सुत्ने–उठ्ने क्रममा अनियमितता आउँछ । यसो गर्दा मौसम समाप्त भएपछि हाम्रो शरीरलाई सामान्य स्थितिमा आउन धेरै समय लाग्छ ।
८. बढी औषधि सेवन गर्नु
कोही–कोही जाडोमा बारम्बार चिसोबाट बच्न सधैं औषधि प्रयोग गर्छन् । तर अत्यधिक सेवनले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । यसले तपाईंको शरीरलाई मौसमी रोगहरूसँग लड्नबाट रोक्छ र प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
९. घरमा लुगा सुकाउनु
जाडो मौसममा धेरै मानिस घरमा कपडा सुकाउने गर्छन्, तर हामीले सुकाउने कपडाबाट धेरै किसिमका अर्गानिक कम्पाउन्डहरू निस्किरहन्छन् । जसका कारण बालबालिका र वयस्कमा श्वासप्रश्वासको समस्या बढ्न सक्छ । यदि घरभित्र लुगा सुकाउनु छ भने कम्तीमा घरको झ्याल खुल्ला राख्नुपर्छ ।
१०. घरभित्र बस्नु
हिउँ परेको ठाउँमा घरमैं बस्नु राम्रो हुन्छ । तापनि हामी साँझ घुम्न जानुपर्छ । जाडोमा पार्कमा हिंड्दा रक्तसञ्चार बढ्छ र प्राकृतिकरूपमा शरीर न्यानो रहन्छ । यसबाहेक नियमित व्यायाम पनि गर्नुपर्छ ।