सर्पको नाम सुन्दा नै खलखली पसिना आउँछ । सोच्नुहोस्, तपाईंको सुत्ने कोठाबाट अचानक सर्पको आवाज आउन थाल्यो भने तपाईंको हालत कस्तो होला ? हो, सिङ्गापुरकी एउटी महिलासँग यस्तै भएको छ ।

आफ्नो सुत्ने कोठामा साँपले फुङ्कारेको आवाज सुनेपछि उनी यति डराएकी थिइन् कि उनले तुरुन्तै उद्धार टोलीलाई बोलाइन् । उद्धार टोली आएर सर्प समात्न पुगेपछि कुरा अर्कै भयो ।

लउच।यचन को रिपोर्ट अनुसार महिलाको कलपछि उद्धार टोली घटनास्थलमा पुगेर साँपको खोजी गर्न थालेपछि यो आवाज साँपको नभई त्यस्तो एक चीज भएको पत्ता लाग्यो, जुन हरेक बिहान महिलाले प्रयोग गर्थिन् । सत्यतथ्य बाहिर आएपछि महिला लाजले भुतुक्कै भइन् ।

महिलाले साँपले फुङ्कारेको जस्तो गलत मानेको आवाज उनको टूथब्रशको आवाज थियो । महिलासँग विद्युतीय टूथब्रश थियो, जसमा पानी परेपछि त्यसबाट साँपले फुङ्कारेको जस्तो आवाज आइरहेको थियो ।

उद्धार टोलीले महिलाको शयनकक्षबाट ओरल बीको विद्युतीय टूथब्रश फेला पारेको थियो । ब्रस अन अफ गरेर हेरेपछि यो सर्पको आवाज नभई टूथब्रशको आवाज भएको पत्ता लाग्यो ।

विद्युतीय ब्रशको ब्याट्रीको भागमा पानी पसेको थियो । यो कुरा थाहा पाउने बित्तिकै महिलाको अनुहार लाजले रातो भयो । उनले उद्धार टोलीसँग माफी पनि मागिन् । यो कुरा गत भदौ महीनाको हो तर यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here