ग्लोबल वार्मिङ्को लागि ९९.९ प्रतिशत मान्छे जिम्मेवार छन् । पछिल्लो ८ वर्षमा भएको ८८ हजार १२५ अध्ययनको परिणामले यसको पुष्टि पनि गरेको छ । अनुसन्धान गर्ने न्यूयोर्कको कोर्नेल युनिभर्सिटीका वैज्ञानिक मार्क लाइनस भन्छन्, सन् २०१२ देखि २०२० सम्म भिन्दाभिन्दै जर्नलमा प्रकाशित ८८ हजारभन्दा बढी अध्ययनलाई पढ्यौं र बुझ्यौं । परिणामबाट पुष्टि हुन्छ कि ग्लोबल वार्मिड्ढो लागि मनुष्य नै जिम्मेवार छन् ।
रिसर्चको परिणाम युकेमा जलवायु परिवर्तनमाथि भइरहेको बैठकमा पेश गरिएको थियो । सो बैठकमा संसारकै दिग्गज नेता सहभागी थिए । बैठकको लक्ष्य संसारभरि बढ्दो तापमानलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे चर्चा भइरहेको थियो । बढ्दो तापमानलाई नियन्त्रण गर्नको लागि सन् २०१५ मा पेरिस जलवायु सम्झौता भएको थियो तर वल्र्ड लिडर्सको लागि ग्लोबल वार्मिङ रोक्न ठूलो चुनौती साबित भइरहेको छ ।
वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशन (डब्लुएमओ)को हालसालैको रिपोर्टले दाबी गरेको छ, सन् २०२१ देखि २०२५ को बीच एक वर्ष निकै गर्मी हुनेछ । ४० प्रतिशतसम्म १.५ डिग्री तापमान बढ्ने खतरा छ । आउने वर्ष सन् २०१६ मा भएको गर्मीभन्दा पनि बढी हुनेछ ।
डब्लुएमओका महासचिव प्रा. पेटेरी तालासका अनुसार बढ्दो तापमानले बरफ पग्लिन्छ र समुद्रको जलस्तर बढ्छ । यसबाट मौसम बिग्रिन्छ । नतीजा खाना, स्वास्थ्य, पर्यावरण र विकासमाथि असर पर्छ । अहिले सतर्क हुनुपर्ने समय हो । दुनियाँभरिमा ग्रीन हाउस ग्याँस उत्सर्जन घटाउन तीव्ररूपले काम गर्नुपर्ने आवश्यकता छ ।
क्याम्ब्रिज र टबिनेज युनिभर्सिटीका वैज्ञानिकको भनाइ छ, जलवायु परिवर्तनले मनुष्यको लम्बाइ र दिमागलाई छोटो गर्न सक्छ । पछिल्लो लाखौं वर्षमा यसको असर मनुष्यको लम्बाइ र चौडाइमाथि परेको छ । यसको सीधा सम्पर्क तापमानसँग छ । जसरी बर्सेनि तापमानमा वृद्धि भइरहेको र गर्मी बढ्दैछ, त्यसप्रति वैज्ञानिकको यो अध्ययनले चेतावनी दिंदैछ ।
अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा रिपोर्टले दाबी गरेको छ, संसारमा रहेको ४० प्रतिशतसम्म शार्क र रे माछा लोपोन्मुख छन् । यसको कारण जलवायु परिवर्तन, आवश्यकताभन्दा बढी माछाको शिकार हो । माछामाथि ८ वर्षसम्म भएको अध्ययन अनुसार सन् २०१४ मा विलुप्तको खतरा २४ प्रतिशत थियो, जुन अब बढेर दुई गुना भएको छ ।
शोधकर्ताको भनाइ छ, जलवायु परिवर्तन यस्ता माछाको लागि समस्या बढाउँदैछ । यसबाट उनीहरूको आवासमा समस्या भइरहेको छ भने समुद्रको तापमान पनि वृद्धि हुँदैछ ।
अमेरिका, चीनलगायत संसारका १० देशका वैज्ञानिक सम्मिलित वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनको रिपोर्टले दाबी गरेको छ कि दुनियाँको करीब एक चौथाइ आबादी दक्षिण एशियामा बस्छ । यो क्षेत्र पहिलेदेखि नै सबैभन्दा बढी गर्मीको मार झेल्दै आइरहेको छ । बढ्दो तापमान यहाँको लागि ठूलो खतरा हो । यस क्षेत्रमा करीब ६० प्रतिशत व्यक्ति खेती–किसानी गर्छन् । उनीहरू खुला मैदानमा काम गर्छन्, जसले गर्दा लूको जोखिम पनि बढेको छ ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)