लमजुङ, १ कात्तिक/रासस

बुङ झरना अवलोकन गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङ्दी गाउँँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकोमा अहिले सङ्क्रमणको असर कम हुँदै गएकोले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी १५० जनासम्म आउन थालेका छन् । केही दिन अघिसम्म मुश्किलले दुर्ई चार पर्यटक आउने गरेकामा यति बेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवं सुन्दर देखिने भएकोले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मस्र्याङ्दी गाउँँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनले भने–सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकोले विगतमा यस झरनामा दैनिक करीब चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनबाट जाने पर्यटक एकपटक बुङ छहरा नहेरी जानै चाहँदैनन् । तारे भीरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्वीर लिने र सेल्फी खिच्नेको भीड लाग्छ ।

स्थानीय आइतबहादुर गुरुङले भने–छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फस्टाएको छ । केही दिन अघिदेखि १०० भन्दा बढी पर्यटकले आवतजावत गर्न थालेको र ती झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानीसमेत बढ्न थालेको उनले बताए ।

झरनाको वारी च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेंसीशहरबाट ३२ किलोमिटर टाढो यो छहरा वर्षात्का बेला निकै ठूलो देखिने भएकोले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौंसम्म भुल्ने गरेको स्थानीयवासीको भनाइ थियो ।

यतिबेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकोले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्ने गर्छन् । भीरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिंडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने उनीहरूको भनाइ थियो ।

त्यस्तै सोही पदमार्गको च्याम्चेकै अर्काे अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित पार्दै आएको छ । यो झरना बेंसीशहरस्थित चामे सडकको बीच भागमंै झर्ने भएकोले पैदल तथा मोटरसाइकलमा जाने यात्रीलाई त रुझाउँछ नै, झरनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा नहाल्ने शायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैं देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति हुने पर्यटक युनिका पोखरेलले बताइन् ।

यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफैंलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति हुने उनको भनाइ थियो। उनीजस्तै यहाँ आउने जो कोहीले अवलोकनपछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन्।

मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्न सके अझै थुपै्र पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङ बताउँछन् । गाउँँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना बनाएर अघि बढ्ने गाउँँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने–“प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन् आकर्षित पार्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here