लामखुट्टेलाई पनि विष खुवाएर मार्न सकिन्छ । स्वीडेनका वैज्ञानिकले यस्तै प्रयोग गरेका छन् । मलेरियाको मामिला घटाउन लामखुट्टेलाई विषालु चुकन्दरको जुस खुवाइएको थियो । लामखुट्टेले यसलाई मान्छेको रगत सम्झेर चुसेको थियो र केही समयपछि तिनको मृत्यु भयो ।
यो प्रयोग स्वीडेनको कम्पनी मोलिकुलर अटै«क्शनले गरेको हो । कम्पनीको भनाइ छ, वर्तमानमा लामखुट्टे नियन्त्रण गर्न गा¥हो हुँदैछ तर नयाँ प्रयोगबाट मलेरिया फैलाउने लामखुट्टेको सङ्ख्या घटाउन सजिलो हुन्छ । लामखुट्टेको मृत्यु कसरी भयो, यो प्रयोग कति प्रकारको लामखुट्टेमाथि असरदार हुन्छ र दुनियाँभरिमा मलेरियाको स्थिति कस्तो छ ? यी प्रश्नको जवाफ यस प्रकार छः

– यस्ता रोगी जो मलेरियाबाट ग्रसित छन्, उनीहरूको रगतमा एचएमबिपिपी मोलिक्युल पाइन्छ। यो मोलिक्युलले विशेष प्रकारको गन्ध छोड्छ, जसबाट लामखुट्टे आकर्षित हुन्छ र मान्छेको रगत बढी चुस्छ ।

– वैज्ञानिकले यसै आधारमा लामखुट्टेलाई मात दिन प्रयोग गरे । यसको लागि चुकन्दरको जूसमा एचएमबिपिपी मोलिक्युल र बोट–बिरूवाबाट निकालेको विशेष प्रकारको विष मिलाए ।
– यो मिश्रण तयार भएपछि लामखुट्टे यसतर्फ आकर्षित भए र यस तरललाई बढी पिए । केही समयपछि सबै लामखुट्टे मरे ।

कम्पनीको अनुसार एचएमबिपिपी मोलिक्युलको खास कुरा हो कि यसले अन्य कीरा–फट्याङ्ग्रालाई आकर्षित गर्दैन । यसैले लामखुट्टे नष्ट गर्न यसको प्रयोग गर्न सकिन्छ । अन्य हानिकारक कीटनाशकको तुलनामा लामखुट्टे नष्ट गर्न यो मिश्रण निकै कम मात्रामा आवश्यक पर्छ । यो मिश्रण जीका, वेस्ट निले भाइरस, डेंगु र येलो फिभरजस्ता बिमारीको मामिलामा काम गर्दैन ।

कम्पनीका सिइओ लेक इग्नाटोभिचको भनाइ छ, खास प्रकारको मिश्रण एनाफिलिज लामखुट्टेको ५ प्रकारको प्रजातिलाई आकर्षित गर्न सफल रहेको छ । यही लामखुट्टेले मलेरिया फैलाउँछ । लेकको भनाइ छ, हाम्रो लक्ष्य पूर्णरूपले लामखुट्टे सखाप पार्नु होइन । हामी त्यस बिमारीलाई नष्ट गर्न चाहन्छौं जसलाई लामखुट्टेले बोकेर ल्याउँछ । हामी मान्छेको वरपर लामखुट्टेमुक्त क्षेत्र बनाउन चाहन्छौं । लामखुट्टे नष्ट गर्ने तरीका विशेषगरी अफ्रिकाजस्ता देशमा सफल हुन सक्छ जहाँ मलेरियाको सबैभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

मलेरियाको लक्षणः दुनियाँभरि मलेरिया रोक्ने कोशिश जारी छ । विश्व स्वास्थ्य सङ्गठनले ७ अक्टुबरमा दुनियाँको पहिलो मलेरिया खोप पेश गरेको थियो । यसलाई फार्मा कम्पनी ग्लैक्सोस्मिथक्लाइनले मिलेर तयार गरेको हो । यो खोप विशेषगरी अफ्रिकाको ती क्षेत्रको मानिसलाई लगाइन्छ जहाँ मलेरियाको सबैभन्दा बढी मामिला छ ।

सङ्गठन अनुसार मलेरियाको कारण प्लाजमोडियम फैल्सिपेरम नामक परजीवी हो, जसले लामखुट्टेलाई सङ्क्रमित गर्छ । जब सङ्क्रमित एनाफिजिल लामखुट्टेले मनुष्यलाई टोक्छ तब यो परजीवी मनुष्यसम्म पुग्छ । ज्वरो, टाउको दुख्ने, काम्ने, मांसपेशीको पीडा, मन बेचैन हुनु आदि यसको लक्षण हो ।

मलेरिया कति घातकः संसारमा हरेक वर्ष मलेरियाबाट ४ लाख मानिसको मृत्यु हुन्छ । वल्र्ड मलेरिया रिपोर्ट २०२० अनुसार मलेरियाबाट ९० प्रतिशत मृत्यु अफ्रिकामा हुन्छ । यीमध्ये २ लाख ६५ हजारभन्दा बढी बच्चा थिए । यहाँ सन् २००० मा मलेरियाको ७ लाख ३६ हजार मामिला थियो, जुन २०१८ सम्म घटेर ४ लाख ११ हजार भयो । सन् २०१९ मा मलेरियाको ४ लाख ९ हजार मामिला देखिएको थियो । संसारमा २० करोड व्यक्ति हरेक वर्ष मलेरियाको शिकार हुन्छन् जसमध्ये ४ लाखको मृत्यु हुन्छ ।

७० वर्षको प्रयासपछि चीन मलेरियामुक्तः चीन संसारको ४० औं यस्तो ेदेश हो जसले मलेरियामाथि नियन्त्रण गरेको छ । पछिल्लो केही वर्षमा थुप्रै देश मलेरियामुक्त भएका छन् । सन् २०२१ मा एल साल्भाडोर र अल्गेरिया, सन् २०१९ मा अर्जेन्टिना र २०१८ मा पराग्वे र उज्बेकिस्तान मलेरियामुक्त भएका छन् । संसारमा ६१ यस्ता देश छन् जहाँ मलेरियाको मामिला छैन ।

४० को दशकमा हरेक वर्ष चीनमा मलेरियाको ३ करोड मामिला भेटिन्थ्यो । चीन वेस्टर्न प्यासिफिक रिजनको पहिलो देश हो, जहाँ पछिल्लो चार वर्षमा मलेरियाको एउटा पनि मामिला देखिएको छैन ।

डब्लुएचओका महानिर्देशक टेड्रोस गैब्रिएससको भनाइ छ–चीनले यो सफलता दशकौंको कडा मेहनतपछि पाएको हो । मलेरिया नियन्त्रण गर्न चीनले सन् २०१२ मा १–३–७ को रणनीति लागू गरेको थियो । स्वास्थ्यकर्मीलाई लक्ष्य दिइएको थियो । रणनीति अनुसार १ दिनभित्र मलेरियाको मामिला रिपोर्ट गर्न अनिवार्य गरिएको थियो । ३ दिनभित्र यस मामिलाको परीक्षण गर्ने र यसबाट हुने खतरा पत्ता लगाउनुपथ्र्यो र ७ दिनभित्र यस मामिलालाई फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपथ्र्यो ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here