• अनन्तकुमार लाल दास

“कहीं उडने दो परिंदे कहीं उगने दो दरख्त/हर जगह एक सा बाजार न होने पाए ।” निदा फाजलीको यो पङ्क्ति प्रगति र स्वतन्त्रताबीच सुन्दर समन्वयलाई अभिव्यक्त गर्दछ । स्वतन्त्रता एउटा आत्मनिष्ठ विषयवस्तु हो जसको परिभाषामा एउटा मानिस अनुसारको भिन्नता पाइन्छ । फ्रान्सिसी दार्शनिक रूसोको अनुसार ‘आम सहमतिको अर्थ नै स्वतन्त्रता हो ।’ त्यहीं भारतीय लेखक अमत्र्य सेनका अनुसार ‘विकास मानिसलाई प्राप्त हुने स्वतन्त्रताको विस्तार मात्र हो ।’

प्रायः स्वतन्त्रताको अर्थ मानिसले आफूखुशी गर्न पाउने भनिन्छ । मानिसका लागि स्वतन्त्रता कति महŒवपूर्ण छ भन्ने कुरा इतिहासका पानामा खुलेर बयान गरिएको छ । विश्व इतिहासलाई खोतल्दा के प्रस्ट हुन्छ भने स्वतन्त्रता प्राप्तिको क्रममा विश्वका कैयन देशलाई यसको लागि ठूलो मूल्य चुकाउनुपरेको थियो । चाहे अमेरिकाको स्वतन्त्रता आन्दोलन होस् वा अफ्रिकी देशहरूको वा नेपालकै एकतन्त्री शासन तोड्ने कुरा किन नहोस् सबैको स्वतन्त्रता सङ्घर्षको इतिहास निकै लामो छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्वतन्त्रता प्राप्तिका लागि धेरै मानिसले आफ्नो ज्यान गुमाएका छन् जसमा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री, लखन थापाजस्ता कैयन युवा सामेल थिए ।

हाम्रा स्वतन्त्रता सेनानीहरूलाई स्वतन्त्रता प्राणभन्दा बढी प्यारो रहेको कुराको प्रमाण हामीसँग पहिलेदेखि नै रहेको छ । नेपाली स्वतन्त्रताको इतिहासमा वि.पी.कोइराला, मदन भण्डारी, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई आदि नेताहरूको नाम सुनौलो अक्षरमा लेखिएको छ जसले आफ्नो राष्ट्रको हितलाई आफ्नो स्वार्थभन्दा माथि राखेका थिए । नालापानीको युद्धमा नेपाली महिलाहरूले प्रदर्शित गरेको वीरता आज पनि स्वतन्त्रता सङ्ग्राममा महिलाहरूको भूमिकाको रूपमा प्रस्तुत गरिन्छ ।

स्वतन्त्रताको महŒव हेर्दा के भन्न सकिन्छ भने यसको आवश्यकता जति मानिसलाई छ त्यत्तिकै पशुपक्षी र अन्य प्राणीहरूलाई पनि हुन्छ । पिंजडामा कैद पक्षीले जब अरू पक्ष्Fीहरूलाई आकाशमा विचरण गरेको हेर्दछ, त्यसबेला उसलाई स्वतन्त्रताको मूल्य थाहा हुन्छ । स्वतन्त्रताको मूल्य एउटा गुलाम मानिसभन्दा बढी कसैलाई थाहा हुँदैन । यस सन्दर्भमा भारतीय कवि शिवमङ्गल सिंह सुमनको प्रसिद्ध पङ्क्तिको स्मरण हुन आउँछ–“हम पंछी उन्मुक्त गगन के पिंजरबद्ध न गा पाएँगे/कनक तीलियों से टकराकर पुलकित पंख टूट जाएँगे/हम बहता जल पीने वाले मर जाएँगे भूखे–प्यासे/कहीं भली है कटुक निबोरी कनक–कटोरी की मैदा से ।”

स्वतन्त्रताको महŒव मात्र मानिस र पशुपक्षीहरूको लागि नभई यसको राम्रो उदाहरण रूखबिरुवाहरूको सन्दर्भमा पनि हेर्न सकिन्छ । जब रूखबिरूवाको प्रजातिलाई स्वतन्त्रता प्रदान गरिन्छ तब विशाल वनजङ्गल र अनगिन्ती प्रजातिको उत्पत्ति हुन्छ । उसको स्वतन्त्रता बाधित गरेर घर–आँगनमा गमलामा रोप्दा त्यसको विस्तार नभई मात्र घर–आँगनको शोभा बढाउने काम आउँछ । भन्न के खोजिएको हो भने स्वतन्त्रताको महŒव धेरै हुन्छ र त्यो प्रत्येकको सर्वोत्तम विकासको लागि आवश्यक छ ।

यदि स्वतन्त्रताको आवश्यकताको कुरो गर्ने हो भने स्वतन्त्रता नै त्यो साधन हो जसबाट नयाँ विचार, रचनात्मकता, प्रतिदिन नयाँ सिर्जना, जीवनको प्रभावकारिता र विकासको सर्वोच्च पथको विकास हुन्छ । वर्तमान समयमा धेरै राष्ट्रहरू परिश्रमबाट हासिल स्वतन्त्रताले गर्दा नै प्रगतिको सर्वोच्च शिखरमा विद्यमान छन् । जब कुनै कलाकार, अभिनेता वा वैज्ञानिकलाई आफ्नो विचारलाई मूर्त रूप दिने स्वतन्त्रता प्राप्त हुन्छ तब इतिहासको सिर्जना हुन्छ ।

स्वतन्त्रताको कैयन रूप हुन सक्छ– जस्तै आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता आदि । स्वतन्त्रताका यी सबै रूपहरू मात्र व्यक्तिको लागि नभई देशको सर्वाङ्गीण विकासका लागि आवश्यक हुन्छ । यदि एउटी महिलाले स्वतन्त्रता पाउँछिन् भने उसको रूपान्तरण विद्यादेवी भण्डारी वा साहना प्रधान वा अनुराधा कोइरालाको रूपमा हुन्छ र जापानजस्तो सानो देश पनि सफलताको शिखरमा पुग्न सक्छ । नेपालमा पनि यहाँका नागरिकहरूलाई संविधानद्वारा आर्थिक, राजनीतिक, सामाजिक तथा धार्मिक स्वतन्त्रता प्रदान गरिएको छ । तर ध्यान दिनुपर्ने कुरो के हो भने एउटा व्यक्तिको अधिकार वा उसको स्वतन्त्रता अन्य व्यक्तिको अधिकार वा उसको स्वतन्त्रताका लागि बाधक हुनुहुँदैन । यो त्यस बेला मात्र सम्भव हुन्छ जब स्वतन्त्रतालाई अनुशासनको सीमामा सीमित गरिन्छ किनभने असीमित स्वतन्त्रताले जीवन र सामाजिक व्यवस्थामा अवरोध पु¥याउँछ ।

एउटा विद्यार्थीलाई नक्कल गर्ने छुट कहिल्यै दिन सकिन्न । राजनैतिक दलहरूलाई अनैतिक क्रियाकलाप गर्ने स्वतन्त्रता दिन सकिन्न । ओखतिको गलत उपयोगलाई बढावा दिन मिल्दैन र आपराधिक प्रवृत्तिका मानिसहरूलाई असामाजिक गतिविधि गर्न छूट दिन सकिन्न । यसको लागि राज्यद्वारा नियम र कानूनको व्यवस्था गरिन्छ । यस कारण संविधानमा अधिकार सँगसँगै दायित्वको पनि प्रावधान राखिएको छ । कसैले सही भनेको छ–“दूसरों के लिए अजार न हो पाए/आदमी इतना भी खुद्दार न हो पाए ।”

स्वतन्त्रताको सीमाबारे कुरा गर्दा हामी के पाउँछौं भने विभिन्न वैज्ञानिक अनुसन्धानको प्रयोग र परीक्षण गर्दा पनि त्यो अनुसन्धान मानवजातिको विनाशको कारण नबनोस् भनेर एउटा नैतिक सीमा निर्धारण गरिन्छ । आज परमाणु र हालसम्म जैविक हथियार कोभिड–१९ बाट त्रसित विश्वलाई जोगाउन विज्ञानसम्बन्धी स्वतन्त्रताको पनि सीमा हुनुपर्ने वर्तमानको माग हो अन्यथा यस प्रकारको विकासको मूल्य मानवता र सृष्टिको विनाशबाट चुकाउनुपर्छ ।

यस प्रकारको स्वतन्त्रतालाई सीमित गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय न्यायालय एवं कानूनको स्थापना गरिएको छ । विश्वयुद्धको भयावह परिणामलाई हेरेर देशहरूले आफ्नो स्वतन्त्रताको सीमा पहिचान गर्न सकून्् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना भयो । पर्यावरण सम्बन्धमा मानिसद्वारा स्वयंको हत्या गर्ने प्रयासलाई हेरेर ग्ल्भ्ए, ग्ल्Fऋऋ जस्ता संस्थाहरू अस्तित्वमा आयो । वैश्विक व्यापार असन्तुलन रोक्न ध्त्इ जस्ता अन्तर्राष्ट्रिय संस्थाको स्थापना भयो ।

यसरी के भन्न सकिन्छ भने स्वतन्त्रता मात्र व्यक्ति, समाज र राष्ट्रिय स्तरमा महŒवपूर्ण नभई व्यक्तिगत स्तर र मानसिक शान्तिको लागि पनि त्यत्तिकै आवश्यक छ । लौकिकरूपमा हामी शारीरिक स्वतन्त्रता हेर्न सक्छौं तर मानसिक स्वतन्त्रता नदेखिने भएकोले सधैं पर्दा पछाडि रहन्छ । मानसिको स्वतन्त्रतालाई शारीरिक स्वतन्त्रताभन्दा माथिको स्वतन्त्रता मान्न सकिन्छ किनभने कैंयन पटक मानिस स्वतन्त्र देखिए तापनि मानसिकरूपले परतन्त्र नै हुन्छ । कुरीतिको रूपमा वा अन्धविश्वासको रूपमा वा रूढिवादी सामाजिक रीति–रिवाजले घेरिएको हुन्छ । कहिलेकाहीं यो घातक पनि हुन्छ किनभने यो मानिसको मस्तिष्कमा हुन्छ, जसलाई कानूनद्वारा पढ्न सकिंदैन ।

वर्तमानको आवश्यकता भनेको व्यक्तिगत स्तरबाहेक वैश्विकरूपमैं विद्यमान मानसिकतामा परिवर्तन ल्याउनु हो किनभने यो मानवताको सर्वोच्च शिखरमा पुग्न बाधक बनिरहेको छ । वैश्वीकरणको यस युगमा स्वतन्त्रताको स्वरूप कहीं न कहीं विकृत भएको छ । यसको उदाहरण आज हामीले आतङ्कवाद, क्षेत्रवाद, दुर्जेय रोगहरू, संहारक युद्ध र हाल कोभिड–१९ को रूपमा हेरिरहेका छौं । वर्तमान समयमा यस स्थितिबाट छुटकारा पाउन माथिबाट लादिएको अनुशासनको अपेक्षा आत्मानुशासनयुक्त स्वतन्त्रता आवश्यक छ । कोभिड–१९ को यस परिस्थितिमा यस्तै आत्म अनुशासन ल्याउने प्रयास गरिएको हो– मास्क लगाउने, हात मिलाउनुको साटो नमस्कार गर्ने, दुई मीटरको दूरी राख्ने आदि ।

किनभने हाम्रो असीमित स्वतन्त्रता अरूको जीवनको लागि हानिकारक बन्न सक्छ । विकासको यस अन्ध–दौडमा केही छिन भए पनि अडेर सिंहावलोकन गर्नुपर्छ किनभने त्यसबेला पनि केही मानिस स्वतन्त्र थिए भने केही गुलाम थिए तर आजको जस्तो गुलाम मानसिकता थिएन । आज चन्द्रमासम्म पुग्ने होडमा आफ्नै मानिसहरू धरातलबाट माथि उठ्न सकेका छैनन् । स्वतन्त्रता यस्तो हुनुपर्छ जसमा सबै स्वतन्त्र रहून् र एक अर्कालाई स्वतन्त्र हेर्ने चाहना राखून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here