जलेश्वर, ११ असोज/रासस
तराई क्षेत्रकै ‘जितिया पर्व’ नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधि अनुसार शुरू भएको छ । व्रत बस्नु अघि आजका दिन बर्तालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रूपमा चढाई आपूm पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (मङ्गलवार) बिहान ४ः०० बजेदेखि निर्जल उपवास बसी बुधवार बेलुका ५ः०० बजेपछि मात्रै व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए । यहाँका बर्तालुले जिल्लाको विग्ही, रातो जËहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, वरुणसागर, भार्गव सागरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितवाहनको कथा सुन्ने गर्छन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमैं बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहित पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट शाखासन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नूनीको साग र माछा खाने चलन छ । त्यसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।
त्यसैगरी विधि अनुसार भोलि एका बिहानै काग कराउनुभन्दा पहिल्यै बर्तालु महिलाले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासको क्रम शुरू हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वरका विख्यात पण्डित कालिकान्त झा बताउँछन् ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महŒवसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भने–“यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महŒव पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिला आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड्जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी बर्तालु आजीवन व्रत बस्न पाउँदैनन् ।

राजा शालिवाहनको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई ‘जितुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरू भएको पौराणिक कथन छ । जीवनमा एकपटक टुटेपछि पुनः गर्न नपाइने हुँदा हतपत महिला यो व्रत बस्दैनन् । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनैपर्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here