यदि तपाईं भातको शोखिन हुनुहुन्छ भने यो समाचार तपाईंकै लागि हो । इङ्गल्यान्डका वैज्ञानिकले भातबाट क्यान्सर हुने खतरा बताएका छन् । वैज्ञानिकको भनाइ छ, माटोमा पुग्ने कीटनाशक र विषालु केमिकलले भात खानेहरूलाई नयाँ खतरा उत्पन्न गर्दैछ । माटोको माध्यमबाट चामलमा पुग्ने आर्सेनिक तŒव क्यान्सर र हृदयरोगको खतरालाई बढाउँछ ।

वैज्ञानिकको भनाइ छ, आधा पाकेको वा अबेरसम्म पानीमा नभिजाइएको चामलको भात खानाले क्यान्सरको खतरा बढ्छ । तसर्थ भात हडबड गरेर पकाउनुहुँदैन ।

वैज्ञानिकका अनुसार सबैभन्दा ठूलो कारण आर्सेनिक हो । यसको दुई कारण छ । पहिलो, यो लगभग हरेक पेस्टिसाइड्स र इसेक्टिसाइड्समा पाइन्छ । खेती–किसानीमा यसको बढ्दो प्रयोगले खतरा बढाइरहेको छ ।

दोस्रो खतरा हो, पानीमा आर्सेनिकको उपस्थिति । शोधकर्ताका अनुसार धेरैजसो देशको भूजलमा आर्सेनिकको मात्रा निकै बढी छ । यो विस्तारै शरीरमा पानी र भोजनको माध्यमबाट पुग्छ ।

शोधकर्ताको भनाइ छ, चामलमा यस कारण बढी खतरा छ किनभने धान खतरनाक रसायनको बीच हुर्कन्छ । अर्को कुरा, चामलले बढी पानी सोस्छ । यदि पानीमा पनि आर्सेनिक छ भने खतरा झनै बढ्छ । अनुसन्धानकर्ताका अनुसार लामो समय शरीरमा आर्सेनिक पुगेपछि केही लक्षण देखिन्छ । जस्तै प्रायः बान्ता हुनु, डायरिया हुनु, पेट दुख्नु, क्यान्सरको लक्षण, छालामा घाउ ।

क्वीन्स युनिभर्सिटी बेलफास्टका वैज्ञानिकको भनाइ छ क्यान्सर र अन्य रोगको खतरा कम गर्न चामललाई आधा पकाएर खानुहुँदैन । यसलाई राम्ररी पकाउनुपर्छ । रिपोर्टमा चामलबाट आर्सेनिक निकाल्ने तरीका पनि बताइएको छ जसले खतरा घटाउँछ । चामललाई राम्ररी सफा गर्ने, त्यसपछि भाँडामा चामललाई रातभरि पानीमा भिजाउने । यस्तो गर्दा ८० प्रतिशतसम्म विषालु तŒव कम हुन्छ ।

शोधकर्ताका अनुसार बाली उब्जनीको क्रममा माटोको माध्यमबाट थुप्रै रसायन अन्नमा पुग्छ र यसले कलेजोसम्बन्धी रोग र क्यान्सर जन्माउँछ । चामल यस्तो अन्न हो जसमा बढीजसो जनसङ्ख्या निर्भर छ । चामलमा क्यालोरी र पोषक तŒव थुप्रै पाइन्छ । चामलमा आर्सेनिक भएको कारण संसारमा हरेक वर्ष ५० हजार मृत्यु हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here