कमर वरपर अतिरिक्त बोसो हृदयरोग, मधुमेह र केही विशेष प्रकारको क्यान्सरको कारण हो । द ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिन अनुसार हाइ इन्टेसिटी इन्टरभल टे«निङबाट यस बोसोलाई २९ प्रतिशत घटाउन सकिन्छ ।
मैकमास्टर युनिभर्सिटीका प्राध्यापक मार्टिन गिबाला भन्छन्–यसका लागि २० मिटर दूरीसम्म ८ देखि १० पटक तीव्र दौड लगाउँदा यसलाई चाँडै घटाउन सकिन्छ । दौडिंदा के कुरामा ध्यान दिनुपर्छ विज्ञले यस प्रकार बताएका छन्–
सही दौडको लागि तीन चरण अनुसरण गर्नुपर्छ । पहिलोः १५ मिनेटको वार्म–अप । तीव्र दौड शुरू गर्नुभन्दा पहिले लगभग १० देखि १५ मिनेटसम्म वार्मअप गर्नुपर्छ । यसको लागि जगिङ पनि गर्न सकिन्छ वा फिल्डमा बिस्तारै गतिले केही चक्कर लगाउन सकिन्छ । यसबाट त्र्mयाम्प आउने आशङ्का कम हुन्छ । शरीरमा हलुका पसिना आउँछ ।
दोस्रोः दौड्ने सही तरीकाः दौडिने बेला ध्यान राख्नुपर्छ कि जमीनमा पहिले पञ्जाले छुनुपर्छ । अघिल्लो खुट्टा सीधा अगाडि हुनुपर्छ । हात चाँडै अगाडि पछाडि हुनुपर्छ । यदि शुरू गर्नुभइरहेको छ भने चारदेखि पाँच दौड नै लगाउनुपर्छ । हरेक दौडपछि पर्याप्त आराम लिनुपर्छ किनभने अघिल्लो दौड पनि तीव्र गतिले गर्न सकियोस् ।
हार्ट रेट ८० प्रतिशत क्षमताको साथ दौडिनुपर्छः दौडिने बेला तपाईंको हार्टरेट ८० प्रतिशतभन्दा बढी हुनुहुँदैन । आफ्नो अधिकतम हार्टरेट पत्ता लगाउनको लागि २२० बाट वर्तमान उमेर घटाउनुस् । यानी ४० वर्षका व्यक्तिको अधिकतम हार्टरेट २२०–४०. १८० हुन्छ । यस हिसाबाट ८० प्रतिशत क्षमता हार्टरेट १६० भन्दा बढी हुनुहुँदैन । यो पत्ता लगाउन मोबाइल एप प्रयोग गर्न सकिन्छ ।
दौड–हिंड–दौडः तीव्र दौडिनुभन्दा पहिले दौड–हिंड–दौड सूत्र अपनाउनुपर्छ । यस सूत्रको शुरूआत एथलेटिक्सका चर्चित कोच र ओलम्पियन जेफ गैलोवले गरेका थिए । यस उपायमा केही बेर वा केही दूरी दौडिनुपर्छ र त्यसपछि हिंड्नुपर्छ । त्यसपछि पुनः दौडिने र हिंड्ने गर्नुपर्छ । नयाँ सिराबाट दौड शुरू गर्दा वा पुनः आफ्नो शरीरलाई दौडन योग्य बनाउन यो उपाय राम्रो हुन्छ ।
दौड शुरू गर्नका लागि ७ साताको तालीम योजनाः पहिलो साता १.६ किमी, दोस्रो साता २.४ किमी, तेस्रो साता ३.२ किमी, चौथो साता ४ किमी, पाँचौं साता ४.८ किमी, छैठौ साता ५.६ किमी, सातौ साता ५ किमी ।