प्रस, धनुषा, २८ भदौ/

प्रदेश नं २ धनुषा जिल्लाको औरही नदीमा पुल निर्माण कार्य सम्पन्न भएको छ । निर्माण अवधिभन्दा १० महीना पहिले नै पुल निर्माण भएको हो । निर्माणा हुँदै गरेको ढल्केबर–जटही छ लेन सडकखण्डको क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको सीमामा सो पुलको निर्माण भएको हो।

त्यहाँ एकै स्थानमा तीनवटा पुलको निर्माण गरिएको छ । निर्माण सम्पन्न अवधि २०७८ चैत मसान्तसम्म रहेकोे सम्झौतामा उल्लेख छ । निर्माण कम्पनी कालिका टु दी रसुवा जेभीले २०७६ असोज १ गते पुल निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो ।

गएको असारको पहिलो सातादेखि नै उक्त पुलमा सवारीसाधनको आवागमन खुला गरिएको कम्पनीका इन्जिनीयर कृष्ण ढुङ्गेलले बताए । पुलको निर्माण लागत रु ७२ करोड रहेको इन्जिनीयर ढुङ्गेलले बताए ।

सो पुलको लम्बाइ र चौडाइ क्रमशः ९० र १३ मिटर रहेको छ । सो पुलमा एकतर्फीरूपमा एकैचोटि तीनवटा सवारीसाधन सञ्चालन गर्न सकिने इन्जिनीयर ढुङ्गेलले बताए । उनले सो पुलमा पैदल यात्रीका लागि छुट्टै लेनको पनि निर्माण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here