रु ५ लाखसहित एकजना पक्राउ

0
16

प्रस, वीरगंज, २८ भदौ/

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजको शङ्कराचार्यद्वारनजीकैबाट प्रहरीले चेकजाँचको क्रममा पाँच लाख नगदसहित वीरगंज महानगरपालिका–२ निवासी महम्मद आसिफ अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

अन्सारी भारत, रक्सौलबाट ना.२५प ८७६२ नम्बरको मोटरसाइकलमा नेपाल आइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु पाँच लाख बरामद भएको जिप्रका, पर्साले जनाएको छ । अन्सारीलाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसूरमा पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here