गर्भवती महिलाले हलुको कसरत गर्दा पेटमा हुर्किरहेको बच्चालाई पनि फाइदा पुग्ने नर्वेका वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकको भनाइ छ, गर्भवतीको बेला प्रतिदिन कसरत वा शारीरिक गतिविधि गर्नाले बच्चाको फोक्सो मजबूत हुन्छ । उनीहरूलाई भविष्यमा दम रोग हुने खतरा हुँदैन ।

अनुसन्धान गर्ने ओस्लो विश्वविद्यालयका वैज्ञानिकले आठ सयभन्दा बढी गर्भवती महिलामाथि अनुसन्धान गरेका थिए । अनुसन्धानको क्रममा गर्भवती महिलासँग कति सक्रिय हुनुहुन्छ भन्नेबारे सोधिएको थियो । यी महिलाबाट जन्मेका शिशुको तीन महीनापछि फोक्सो जाँच गरिएको थियो ।

फोक्सो जाँचको लागि बच्चाको नाक, मुखमा मास्क लगाइएको थियो । त्यसपछि बच्चा शान्त भएपछि र सास लिने गतिलाई अनुगमन गरिएको थियो । बच्चाले कति सास फेर्दैछ र कति छाड्दैछ, त्यो रेकर्ड गरिएको थियो । रिपोर्टमा जुन बच्चाका आमाले गर्भवती समयमा हलुका कसरत र सक्रिय हुने प्रयास गरेका थिए, उनीहरूको बच्चाको फोक्सो अन्य बच्चाको तुलनामा बलियो थियो ।

शोधकर्ताको भनाइ अनुसार ८.६ प्रतिशत बच्चा यस्ता थिए, जसका आमा गर्भवती समयमा सक्रिय थिएनन्, उनीहरूको फोक्सो बलियो थिएन, जति कसरत गर्ने आमाका सन्तानहरूको थियो ।

ओस्लो युनिभर्सिटीका शोधकर्ता डा रेफना कैटरिन भन्छिन्, यसभन्दा पहिले भएको अनुसन्धानमा यो साबित भएको छ कि जुन बच्चाको सुरुआतमैं फोक्सो कमजोर हुन्छ, उनीहरूलाई दम तथा फोक्सोसम्बन्धी रोगको खतरा पनि बढिरहन्छ । गर्भवती भएको बेलामा सक्रिय रहेर बच्चामा फोक्सोको रोगको खतरा घटाउन सकिन्छ । यो खतरा घटाउने सबैभन्दा सजिलो उपाय हो ।  लन्डनको क्वीनमेरी युनिभर्सिटीका प्राध्यापक जोनाथन ग्रिग भन्छन्, हामी सबैलाई थाहा छ, गर्भवती महिलाले कसरत गर्दा कति फाइदा हुन्छ तर धेरैजसोलाई कमै थाहा छ कि यसबाट बच्चाको स्वास्थ्यमाथि कस्तो असर पर्छ ।

ब्रिटेनको हेल्थ एजेन्सी एनएचएसले गर्भवती महिलालाई सल्लाह दिएको छ कि प्रतिदिन हलुका कसरत र शारीरिक गतिविधि गर्नुपर्छ । यसबाट पिठ्यूँको पीडाबाट राहत पाइन्छ, शरीर लचिलो हुन्छ, पीडा सहने शक्ति बढ्छ, रक्तचाप नियन्त्रित हुन्छ, कब्जियतको समस्या हुँदैन ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here