काठमाडौं, २० भदौ/रासस

उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेन्जले कारोबार रोकेको छ । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो ।

कारोबार शुरू भएको दुर्ई घण्टामैं नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएको छ । लगातार नेप्सेमा गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरालो लागेर दुर्ई हजार ७७९.६८ मा रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४.८४ मा सीमित भएको छ । कुल २१५ कम्पनीका एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरीद–बिक्री भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here