काठमाडौं, १७ भदौ/रासस

नेपालमा कोरोना भाइरसविरुद्ध खोपको एक करोड ९२ हजार मात्रा लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्म कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार बुधवारसम्म एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म १७.९ प्रतिशतले खोपको पहिलो मात्रा र १५.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एन्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस अस्ट्राजेनेका खोप भिœयाइएको छ । यस्तै मन्त्रालयले असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजना अनुसार देशभर खोप अभियान तीव्र पारेको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमैं कोरोनाविरुद्ध खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here