काठमाडौं, १४ भदौ/रासस

विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभागनजीक रहेको मनसुनको न्यूनचापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएसँगै मनसुन बिस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुर्र्ई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here