वैज्ञानिकले पीडा घटाउने हेडसेट तयार गरेका छन् । वैज्ञानिकको दाबी छ यसलाई ८ सातासम्म लगाएपछि निद्रा, व्यवहार र जीवनको गुणस्तर पहिलेभन्दा राम्रो हुन्छ । बेचैनी र अवसादमा पनि कमी आउँछ ।
अनुसन्धानले भन्छ, पीडा घटाउनको लागि फिजियोथेरापी र पेनकिलरको प्रयोग गरिन्छ तर यो रोगीमाथि असरदार साबित हुँदैन । केही मामिलामा साइड इफेक्ट र केही मामिलामा यसको बानी पनि पर्छ ।
यसरी काम गर्छ हेडसेटलेः अनुसन्धानकर्ता भन्छन्, यो सानो परीक्षणबाट यस डिभाइसलाई टाउकोमा लगाएपछि दुखाइमा कमी आएको थियो । यस हेडसेटले मस्तिष्कको ब्रेनवेव्स पढ्छ । त्यसपछि मस्तिष्कको दुखाइ हटाउन तयार हुन्छ । यस प्रकार लक्षणमा कमी आउँछ ।
हेडसेटमा इलेक्ट्रो–एनसिफेलोग्राम (इइजी) प्रविधिको मदतले काम गर्छ । हेडसेटमा लगाइएका ८ वटा इलेक्ट्रोड टाउकोको स्किनमा राखिन्छ । यी इलेक्ट्रोडले दिमागको इलेक्ट्रिल गतिविधिमाथि निगरानी राख्छन् । यस इइजी मेशिनबाट छारेजस्तो रोग पनि पत्ता लगाउन सकिन्छ ।
यसलाई न्युरोफिडबैक थेरापीसँग जोड्न सकिन्छ । यस्तो भएपछि मसितष्कमा रहेको तथ्याङ्कलाई रोगीले एपमा हेर्न सक्छ । यसको मदतबाट मस्तिष्कको गतिविधिमाथि नियन्त्रण गर्न सकिन्छ । अर्थराइटिसजस्ता रोगमा तीव्र पीडा भएपछि मस्तिष्कले लगातार नर्भबाट सिग्नल पाउँछ । इइजी न्युरोफिडबैकको माध्यमबाट यो पीडा दिने ब्रेनवेव्सलाई थिच्छ र दुखाइ नहुने ब्रेनवेव्सलाई बढाउँछ ।
नोथैम्प्टनशायरका इस्ट मिडल्यान्ड स्पाइन क्लिनिकका स्पाइन सर्जन र अनुसन्धानकर्ता निक विर्चको भनाइ छ, मस्तिष्कले जुन पीडासँग सम्बन्धित सङ्केत पठाउँछ, त्यसलाई इइजी न्युरोफिडबैकको मदतबाट बदलिन सकिन्छ । हामी दुखाइ तब महसूस गर्छौं, जब छाला, जोर्नी र अङ्गमा रहेको विशेष प्रकारको रिसेप्टर नर्वको माध्यमबाट मस्तिष्कसम्म दुखाइको सङ्केत पठाउँछ ।
अनुसन्धानकर्ता भन्छन्, जब मस्तिष्कले दुखाइको जानकारी रोगीलाई एपमा पठाउँछ, तब रोगीले यी ब्रेनवेव्सलाई नियन्त्रण गर्ने कोशिश गर्न सक्छ । तीव्र दुखाइ भएका १६ जना रोगीमा परीक्षणको क्रममा घरमा ८ सातासम्म यस हेडसेटको प्रयोग गरिएको थियो । रोगीको दुखाइमा सुधार देखियो । ९० प्रतिशत रोगीले भनेका थिए, यसको मदतबाट निद्रा, स्वभाव, बेचैनी, अवसादमा सुधार भएको छ ।
अनुसन्धानकर्ताले न्युजिल्यान्डमा ठूलो सङ्ख्यामा परीक्षण गरेपछि बजारमा ल्याउने तयारी गरेका छन् । लिभरपुलमा द वाल्टन सेन्टरका कन्सल्टेन्ड न्युरोलोजिस्ट डा निक सिल्भर भन्छन्, पोर्टेबल इइजी न्युरोफिडबैक डिभाइस एउटा उत्कृष्ट रचना हो । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)