फ्लुको खोपबाट कोरोनाको सङ्क्रमण बढ्न रोक्न सकिन्छ । साथै यसले स्ट्रोक र रगतको थक्का तथा सेप्सिसको खतरा पनि घटाउँछ । यो दाबी अमेरिकाको युनिभर्सिटी अफ मियामी मिलर स्कूल अफ मेडिसिनका वैज्ञनिकले गरेका हुन् ।

वैज्ञानिकको भनाइ छ, शोधको क्रममा जुन व्यक्तिलाई फ्लु अर्थात् इन्फ्लुएन्जाको खोप लागिसकेको थियो, उनीहरूलाई कोरोना भएपछि इमर्जेन्सी र आइसियुमा भर्ना हुने जोखिम कम भएको थियो ।

शोधको क्रममा थुप्रै ठूला देशमा रोगीको रेकर्ड जाँचिएको थियो । यसमा अमेरिका, युके, जर्मनी, इटाली, इजरायल र सिङ्गापुरका रोगी सामेल थिए । अनुसन्धानकर्ताले ७ करोडमध्ये ३७ हजार ३७७ रोगीलाई दुई समूहमा बाँडे ।

पहिलो समूहमा सामेल रोगीलाई कोरोनाबाट सङ्क्रमित हुनुभन्दा पहिले नै फ्लुको खोप दिइएको थियो भने दोस्रो समूहमा कोभिडका यस्ता रोगी थिए जसलाई यो खोप दिइएको थिएन ।

नतीजा आयो, जुन व्यक्तिले फ्लुको खोप लिएका थिएनन्, उनीहरूलाई आइसियुमा भर्ती हुने खतरा २० प्रतिशतसम्म थियो भने इमर्जेन्सीमा भर्ना हुने खतरा ५८ प्रतिशतसम्म, सेप्सिस हुने आशङ्का ४५ र स्ट्रोक हुने खतरा ५८ प्रतिशतसम्म थियो ।

मिलर स्कूलका प्रोफेसर देविन्दर सिंह भन्छन्–दुनियाँभरिमा अहिलेसम्म एउटा सानो आबादीले मात्र खोपको दुवै मात्रा लगाएको छ । यस्तोमा यो महामारीमा हुने मृत्युको सङ्ख्या र बिमारी घटाउन आवश्यक छ ।

शोधकर्ता बेन्जामिन स्लेविनको भनाइ छ, हाम्रो पूरै टीम फ्लु खोप र कोभिडका रोगीको सङ्ख्या घटाउनेबीच एउटा सम्बन्ध खोज्नमा लागेको छ ।

अनुसन्धानकर्ताको भनाइ छ, हामीले यो पत्ता लगाउने कोशिश गरेका थियौं कि कोरोनाका कति रोगीलाई नराम्रो स्थितिबाट बचाउन फ्लु खोप आवश्यक पर्छ । टीमले यस्ता १७६ रोगीलाई अलग गरे । यी रोगीलाई कोभिड भएको १२० दिनभित्र फ्लु खोप दिइएको थियो । यस खोपले मृत्युको खतरा कति घटाउँछ, त्यो भने पत्ता लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here