पोलियोको तुलनामा वैश्विक स्तरमा कोभिड–१९ को उन्मूलन बढी व्यावहारिक छ तर दादुरा (चेचक)को तुलनामा यसलाई रोक्न गा¥हो छ । बिएमजे ग्लोबल हेल्थ जर्नलमा मङ्गलवार प्रकाशित एउटा विश्लेषणमा यो भनिएको छ ।

न्युजिल्यान्डको ओटागो विश्वविद्यालय, बेलिंगटनको लोक स्वास्थ्य विशेषज्ञले उल्लेख गरेका छन् कि खोप, सार्वजनिक स्तरमा स्वास्थ्यको हेरचाह उपाय र यस लक्ष्यलाई प्राप्त गर्न वैश्विक रुचिले कोभिड–१९ उन्मूलन गर्ने सबै प्रयासलाई सम्भव बनाउँछ । उनले भने–यद्यपि प्रमुख चुनौती खोपको व्यापक दायरा सुनिश्चित गर्नु हो, जुन कोभिड–१९ बिमारीको कारक सार्स–सिओभी–२ को सबै स्वरूपविरुद्ध प्रतिरोधक क्षमतालाई तीव्र गतिले बढाउनुपर्छ ।

लेखकले कोभिड–१९ उन्मूलनको व्यावहारिकताको आकलन गरे र यसलाई दुनियाँभरिमा शून्य मामिलामा ल्याउने स्थायी उन्मूलनको योग्य बताए । उनले यो लक्ष्य प्राप्त गर्न सहयोगी प्रविधि, सामाजिक–राजनीतिक र आर्थिक कारक समेत थुप्रै पाटोको उपयोग गर्दै यसको तुलना दुई अन्य सङ्क्रामक रोग चेचक र पोलियासँग गरे जसको खोप उपलब्ध छ । उनले भने– विश्लेषणमा औसत अङ्क चेचकको लागि २.७, कोभिड–१९ को लागि १.६ र पोलियोको लागि १.५ थियो ।

सन् १९८० मा दादुरा (चेचक) उन्मूलन भएको घोषणा भएको थियो र पोलियो भाइरसको तीन स्वरूपमध्ये दुईलाई विश्व स्तरमा मेटाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here